Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

महसुल नतिर्ने ग्राहकको पानीकाे धाराको लाइन काटियो     


वीरगञ्ज (पर्सा) । नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा ५० हजारभन्दा बढी बक्यौता राख्ने पाँच सय ४२ ग्राहकको नाम कालोसूचीमा राखेर धाराको लाइन काट्न सुरु गरेको हो ।

महसुल बुझाउन पटक-पटक पत्राचार गरे पनि ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि धाराको लाइन काट्न सुरु गरिएको नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख निरण महर्जनले जानकारी दिए । पछिल्लो एक सातादेखि धाराको लाइन काट्न सुरु गरेयता ११ ग्राहकको धाराको लाइन काटिएको प्रमुख महर्जनले बताए ।

संस्थानले ग्राहकबाट करिब १२ करोड २६ लाख रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । संस्थानले एउटै ग्राहकबाट दुई लाख रुपैयाँभन्दा बढीसम्म बक्यौता उठाउनुपर्ने देखिएकाले कालोसूचीमा राखेर सूची प्रकाशन गरी धाराको लाइन काटेरै भए पनि बक्यौता असुल गर्ने योजना बनाएको प्रमुख महर्जनले जानकारी दिए ।

खानेपानी उपभोग गरेबापतको महसुल नबुझाउनेमा पूर्वमन्त्री, पूर्वन्यायाधीश, उद्योगी व्यवसायी, समाजसेवी, विभिन्न दलका नेता, कर्मचारीलगायत छन् । खानेपानीको महसुल नतिर्नेको सूचीमा रहेका व्यक्तिको नाम स्थानीय तहका वडा–वडामा टाँस गरिएको र पटक–पटक स्थानीय पत्रिकामा समेत सार्वजनिक गर्दा पनि अझै बक्यौता रकम उठाउन नसकिएको प्रमुख महर्जनको भनाइ छ ।

वीरगञ्ज महानगरपालिकाभित्र खानेपानी संस्थानका ८ हजार ग्राहक रहेकामा सात हजारले महसुल तिरिरहेको तर पुरानो बक्यौताको रकम उठाउन नसकिएको महर्जनको भनाइ छ । उनले ताकेता गर्दासमेत रकम उठाउन नसक्ने भएपछि धारा काटेर रकम असुल गर्ने अवस्थामा संस्थान पुगेको बताए ।

विद्यमान खानेपानी संस्थानको ऐन परिमार्जन गरेर पानी महसुलको रकम नतिर्ने व्यक्तिको नाम कर्जा सूचना केन्द्रमा कालोसूचीमा राखी बैंकिङ कारोबार रोक्ने गरी कानुन परिमार्जनको तयारीमा मन्त्रालय रहेको प्रमुख महर्जनले बताए ।


Read Previous

स्थानीय क्षेत्रकाे विद्युतीकरणका लागि तनहुँ आयोजनाले बनायाे २ सबस्टेसन

Read Next

भाेजपुरका फलाटे र लालटेमा गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत

Leave a Reply

Your email address will not be published. Required fields are marked *