Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पू्र्वाधार मन्त्री र एमसीसी कार्यकारी निर्देशकबीच भेटवार्ता, एमसीसी कार्यान्वयनमा शंका गर्नुपर्दैन–मन्त्री ज्वाला


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद र सरकारले निर्णय गरेको एमसीसी परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेकी एमसीसी कार्यकारी निर्देशक एलेक्स अलवाइड र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका हुन्। ‘नेपाल सरकार र सार्वभौम संसदले एमसीसी परियोजना पास गरिसकेको छ, परियोजनाको सफल कार्यान्वयनमा नेपाल सरकारले कुनै कमी गर्नेछैन’ मन्त्री ज्वालाले भने ।

परियोजनामा केही समस्या छन् तर ठिक समयमा शुरु गरेर ठिक समयमा निर्माण सकेपछि अहिले अब्जिएका कतिपय समस्याहरु आफै हल भएर जाने पूर्वाधार मन्त्रीकाे भनाइ छ । एमसीसी कार्यकारी निर्देशक एलेक्स अलवाइडले एमसीसी परियोजना कार्यान्वयन भए आफु र आफ्नो देश पनि खुसी हुने बताइन्। ‘एमसीसी परियोजना कार्यान्वयनको चरणमा म नेपाल आएकी छु, नेपाल सरकारको सकारात्मक धारणाले म खुसी पनि छु’ उनले भनिन्।


Read Previous

घ्याम्पेसाल–ताकुकोट सडक निर्माण नहुँदा सास्ती

Read Next

पूर्वाधार समितिले संसद भवन निर्माणमा भइरहेको ढिलाइप्रति मन्त्रालय, निर्माण कम्पनी र परामर्शदातासँग स्पष्टिकरण लिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *