Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग


विराटनगर । लैङ्गिक विषयलाई व्यापार र व्यापार नीतिको मूलप्रवाहमा ल्याउने उद्देश्यले मस्यौदा नीति धारणापत्र ( पोलिसी पोजिसन पेपर) मा केन्द्रित भइ सार्वजनिक-निजी संवाद (पीपीडी) शुक्रबार कोशी प्रदेशको विराटनगरमा सम्पन्न भएको छ।

यो एकदिवसीय पीपीडी  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमको संयुक्त आयोजना तथा  नेपाल महिला उद्यमी महासंघको सहकार्य प्रयासमा अन्तर्राष्ट्रिय व्यापार केन्द्रको ‘सि ट्रेड इनिसियटिभ ’को प्राविधिक सहयोगमा आयोजना भएको हो । एकदिने पीपीडीमा कोशी प्रदेश र मधेश प्रदेशका महिला उद्यमीहरु, महिला व्यवसायीका संघहरु  तथा सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो।

नीति धारणापत्रलाई विराटनगर र नेपालगन्ज आयोजना भएको महिला व्यवसायी संघहरू (डब्जुविए) लगायत विभिन्न सरोकारवालाहरूबीचको छलफलबाट प्राप्त सुझाव र सिफारिसहरूलाई समेटेर अन्तिम रूप दिइने छ । यो धारणापत्रले नीति पैरवीका लागि बहुमूल्य उपकरणको रूपमा काम गर्नुका साथै विभिन्न मन्चहरूमा नीति निर्माताहरूलाई व्यापारमा महिलाहरूको लागि अनुकूल वातावरण बनाउन र महिलाहरूलाई व्यवसायहरूमा बढी पहुँच प्रदान गरेर लैङ्गिक समानतालाई अगाडि बढाउन सिफारिसहरू प्रस्तुत गर्नेछ ।

यो पीपीडीको प्राथमिक उद्देश्य नेपालसम्बन्धी अन्तर्राष्ट्रिय ट्रेड सेन्टरद्वारा तयार गरिएको मूल्याङ्कन प्रतिवेदन ‘सीट्रेड आउटलुक’ अध्यावधिक गर्नु हो । यसबाहेक यी संवाद कार्यक्रमले व्यापार नीति निर्माण र आर्थिक गतिविधिहरूमा महिलाहरूको बढ्दो संलग्नताको महत्त्वका सम्बन्धमा सम्बन्धित सरोकारवालाहरूबीच सचेतना जगाउन खोज्छ।

व्यापार र व्यापार सम्बन्धी नीतिहरूमा महिलाको बढी सहभागितालाई प्रवर्द्धन गर्ने नीतिगत सुधारहरूको खोजी गर्न गत साउन २९ देखि ३१ मा ललितपुरमा आयोजना गरिएको वृहद सम्वाद पछि राजधानी बाहिरको पहिलो संवाद हो । त्यसपछि, मस्यौदा नीति धारणापत्र सम्बन्धमा महिला व्यवसायिक संघका प्रतिनिधिहरू र स्थानीय महिला उद्यमीहरूबीच परामर्श हुनेछ। निर्णय प्रक्रियामा महिलाको बृहत्तर प्रतिनिधित्वलाई प्रवर्द्धन गर्ने नीतिहरू निर्माण गर्न जिम्मेवारी पाएका सम्बन्धित सरकारी अधिकारीहरूसँगको अन्तरक्रिया उक्त परामर्श गरिनेछ। यस्ता लैङ्गिक मूलप्रवाहीकरण र नीति सुधारहरू मार्फत महिलाहरूलाई थप सशक्त बनाउन भविष्यका रणनीतिहरूको खोजी गर्न सकिनेछ ।

कार्यक्रममा भिडियो सन्देश दिंदै आइटिसीकी उपकार्यकारी निर्देशक डोरोथी टेम्बोले भनिन्  “लैङ्गिक-उत्तरदायी र समावेशी व्यापार नीति बिना व्यापारमा महिलाको बढ्दो सहभागिता हासिल गर्न सकिँदैन। यस्ता संवादले लैङ्गिक-उत्तरदायी नीति धारणापत्रलाई पूर्ण बनाउनका लागि यस परामर्शले महिलाहरूलाई आफ्ना विचार व्यक्त गर्ने अवसर प्रदान गरेर नीतिगत सुधारमा सहयोग पुर्‍याउनेछन् ।”

महिला उद्यमी महासंघकी प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठले महिलाको सहभागितामा तर्जुमा गरिएका लैङ्गिक उत्तरदायी नीतिहरूले व्यापारिक गतिविधिमा महिलाको सहभागिता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । त्यसैगरी राजधानी बाहिरको दोस्रो पीपीडी लुम्बिनी प्रदेशको नेपालगन्जमा असोज ८ मा आयोजना गरिदैछ जसमा  महिला उद्यमीहरू महिला व्यवसायिक संघहरू र सरकारी अधिकारीहरू लगायत प्रमुख सरोकारवालाहरू उपस्थित हुनेछन्।


Read Previous

नेपालमा नवीकरणीय ऊर्जाकाे विकास गर्न दुगड र टाटा पावरबीच सहमति

Read Next

साहसिक पर्यटनलाई लक्षित गर्दै चिनियाँ ब्राण्ड ‘होम्तो’ नेपालमा

Leave a Reply

Your email address will not be published.