Nepal Purbadhar

पाँचौं पटक म्याद थपिन लाग्दा यस्तो बन्यो संसद् भवन [फोटो फिचर]


काठमाडौं । सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको काम अझै सकिएको छैन । नयाँ संसद् भवनको काम पूरा गर्न पाँचौं पटक म्याद थपिन लागेको छ । 

२०७६ असोज १६ गते पाँच अर्ब दुई करोड रूपैयाँ लागतमा संघीय संसद्को नयाँ भवन तीन वर्षभित्र निर्माण सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो ।

त्यसयता बारम्बार म्याद थप हुँदै आएको छ । संसद् भवन निर्माण गर्न ठेकेदार कम्पनीले अहिलेसम्म चार पटक म्याद थप गरिसकेको छ। संसद् भवन बनाउने जिम्मा मन्त्रालय मातहतको विशेष भवन आयोजनाले पाएको छ। अहिलेसम्म संसद् भवन निर्माणको काम करिब ८६ प्रतिशत पूरा भएको बताइएको छ ।

प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसदीय समितिका सभापति, विभागीय मन्त्रीहरूले निर्माणाधीन संसद् भवनको अवलोकन गरी चाँडै काम पूरा गर्न निर्देशन दिँदै आएका छन् तर कहिले काम सकिन्छ टुंगो छैन। नयाँ भवनमा संसद्को अधिवेशन कहिले बस्छ यसै भन्न नसकिने सम्बद्ध कर्मचारीहरु बताउँछन् ।

सरकारले २०६४ सालदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् बैठक सञ्चालन गर्दै आएको छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

चालु वर्ष विद्युत नियमन आयोगले के के गर्‍यो काम ? यस्तो छ प्रगति विवरण

Read Next

प्राधिकरणले भन्यो- डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रहेका ग्राहकहरु जेठभित्र पुरावेदनमा आउनु