Nepal Purbadhar

विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस


काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभा समक्ष पेस गरेका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा मन्त्री रिजालले विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत गर्दै विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग व्यवसाय गर्नका लागि यसको आवश्यकता भएको बताए ।

यसअघि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विधेयकका विषयमा कुनै विरोधको सूचना प्राप्त नभएको जानकारी गराएका थिए ।


Read Previous

योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच भेटवार्ता

Read Next

महाकालीको पानी सुनबरा नदीमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar