Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने

भरतपुरका ९३ प्रतिशत बासिन्दा खानेपानीको पहुँचमा   


चितवन । भरतपुर महानगरपालिकाले अन्य पूर्वाधारसँगै स्वच्छ खानेपानीको पहुँच विस्तारमा उच्च प्राथमिकता दिएको छ । अहिले महानगरपालिकाभित्रका ९३ प्रतिशत बासिन्दाले स्वच्छ खानेपानीको उयोग गरिराखेका छन् ।

पछिल्लो ६ वर्षमा महानगरपालिकाभित्र २६ ठूला आयोजना सञ्चालित छन् । कतिपय निर्माण सम्पन्न भइसकेका छन् भने कतिपय अन्तिम चरणमा पुगेका छन् । महानगरपालिकाले खानेपानी व्यवस्थापन बोर्ड, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग मिलेर खानेपानीका आयोजना अघि बढाएको हो ।

महानगरपालिकाले दिएको जानकारीअनुसार ती आयोजनामा झण्डै ४ अर्ब रुपैयाँ लगानी भएका छन् । अन्य ठूला आयोजनासमेत आउने चरणमा रहेका छन् । भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापती दाहालका अनुसार चालु रहेका आयोजना सम्पन्न हुँदै गर्दा ९७ प्रतिशत जनतामा खानेपानीको पहुँच पुग्ने छ ।

६ वर्षअघिसम्म महानगरका ५७ प्रतिशत बासिन्दा मात्र खानेपानीको पहुँचमा थिए । त्यसो त महानगरपालिकाले मासिक सात हजार लिटरसम्म खानेपानी प्रयोग गर्ने उपभोक्तालाई निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा रु तीन करोड महानगरपालिकाले बिनियोजन गरेको छ । यसबाट बोर्डका मात्रै झण्डै १२ हजार उपभोक्ता लाभान्वित भएका छन् । भरतपुरमा बोर्डसँगै उपभोक्ता समितिले खानेपानीको व्यवस्थापन गर्दै आएको छ । झण्डै ४० ठूला–साना उपभोक्ता समितिले खानेपानी व्यवस्थापन गर्दै आएका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा शतप्रतिशत खानेपानी पुर्‍याउने गरी काम भइरहेको जानकारी दिए ।  हाल सञ्चालनमा रहेका आयोजना सम्पन्न हुँदै गर्दा आउँदो एक वर्षमा भरतपुरका ९७ प्रतिशत उपभोक्ताकोमा पानीको पहुँच पुग्ने छ ।  “हाम्रो दोस्रो कार्यकाल सकिनुपूर्वनै शतप्रतिशत उपभोक्ताकोमा पानी पुर्याउँदै छौँ ,” उनले भने । कतिपयले पहुँच पुगेको ठाउँमा पनि प्रयोग नगरेका कारण प्रतिशत कम भएको हो ।

शारदानगर खानेपानी आयोजनामा ५९ करोड रुपैयाँ जखडीमाई सहलगानी खानेपानी आयोजनामा ३२ करोड ८५ लाख रुपैयाँ धनगडा सहलगानी खानेपानी आयोजनामा २८ करोड ८८ लाख रुपैयाँ पटिहानी–टाउन खानेपानी आयोजनामा २५ करोड २५ लाख रुपैयाँ , दिव्यनगर खानेपानी आयोजनामा २४ करोड १५ लाख रुपैयाँ र शिवनगर खानेपानी आयोजनामा २३ करोड २५ लाख रुपैयाँ खर्च हुँने जनाइएको छ ।

त्यसैगरी, भरतपुर खानेपानी आयोजना मर्मत सुधारमा ५ करोड ५८ लाख रुपैयाँ , सोही आयोजनाको विस्तारमा ११ करोड ३५ लाख रुपैयाँ, भरतपुर १० मा एउटै ट्याङ्की नौ लाख लिटरको निर्माण गरिएको छ । जुन नेपालकै सबैभन्दा ठूलो ट्याङ्की हो ।

कैलाशनगर–फूलबारी खानेपानी आयोजनामा ८ करोड चार लाख रुपैयाँ, आनन्दपुर खानेपानी आयोजनामा ६ करोड ६५ लाख रुपैयाँ, पटिहानी खानेपानी आयोजनामा ५ करोड ३५ लाख रुपैयाँ, मङ्गलपुर खानेपानी आयोजनामा ६ करोड ७६ लाख रुपैयाँ, गीतानगर खानेपानी आयोजनामा ४ चार करोड २७ लाख रुपैयाँ विनियोजन भई काम भइरहेका छन् । कतिपय काम सम्पन्न भइसकेका छन् ।

पार्वतीपुर खानेपानी आयोजनामा २२ करोड पाँच लाख रुपैयाँ, देवनगर खानेपानी आयोजनामा पाँच करोड पाँच लाख रुपैयाँ, मेघौली साना सहरी खानेपानी आयोजना १७ करोड दुई लाख रुपैयाँ, शुक्रनगर खानेपानी आयोजना १८ करोड ७५ लाख रुपैयाँ, जगतपुर खानेपानी आयोजना २१ करोड पाँच लाख रुपैयाँ, गोलाघाट खानेपानी आयोजना १४ करोड ७५ लाख रुपैयाँ लागतमा बनिरहेका छन् ।

भरतपुर खानेपानी विस्तार वडा नं २९ १० करोड दुई लाख रुपैयाँ, गुञ्जनगर खानेपानी आयोजना १६ करोड ३५ लाख रुपैयाँ, विजयनगर खानेपानी आयोजना ८ करोड तीन लाख रुपैयाँ र भरतपुर महानगरपालि–१ मा  एक करोड रुपैयाँ खानेपानी आयोजनामा खर्च गरिँदैछ ।

देवघाट खनोपानी आयोजना एक करोड दुई लाख रुपैयाँ, चौकीडाँडा खानेपानी आयोजना भरतपुर–२९ पाँच करोड ९५ लाख रुपैयाँ, ठिकुरा रामनगर–१ ७२ लाख रुपैयाँ र ढोडेनी खानेपानी आयोजना एक करोड पाँच लाख रुपैयाँ लागतमा निर्माण भइरहेको छ । गौरीगञ्जमा झण्डै ४० करोड रुपैयाँ लागतमा नयाँ आयोजना अघि बढाइँदैछ ।

महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले खानेपानी विस्तारको आयोजना तीव्र गतिमा अघि बढेको बताए । उनले पहाडी र समथर भू–भाग सबै ठाउँमा पानीको पहुँच पुर्याउने काममा महानगर लागि परेको बताए । “जनप्रतिनिधि आएपछि खानेपानी विस्तारमा भरतपुर अग्रणी रहेको छ ,” उनले भने ।  महानगरपालिकाको पहलमा प्रदेश र सङ्घीय सरकारले खानेपानी विस्तारमा सहयोग गरेको उनले बताए ।

खानेपानीमा सहज पहुँच पुग्न कठिन भएको रामनगर क्षेत्रमा महानगरले अहिले अस्थायी रुपमा खानेपानी उपलब्ध गराएको छ । दीर्घकालीन आयोजना सङ्घीय सरकारमार्फत अघि बढाउन गुरुयोजना बनिरहेको महानगरले जनाएको छ ।


Read Previous

प्रसारण लाइन समयमा सम्पन्न नहुँदाको दोष प्राधिकरणलाई मात्रै दिन मिल्दैनः कुलमान

Read Next

गण्डकीमा ३ सय किमी सडक कालोपत्रे हुने   

Leave a Reply

Your email address will not be published.