Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

निगमले यो पटक पेट्रोलियम पदार्थकाे मूल्य समायोजन नगर्ने, १२ अर्ब बढी बक्यौता तिर्न बाँकी


काठमाडौं । नेपाल आयल निगमले यस पटक पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने भएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर सूची पठाएको भएपनि आन्तरिक बजारमा मूल्य समायोजन नहुने भएको हो ।

यो पटक स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाएर समायोजन नगरिने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । उनका अनुसार निगमले सरकार र आइओसीलाई अझै १२ अर्ब रुपैयाँ भन्दा बढी बक्यौता तिर्न बाँकी रहेकाले यस पटक मूल्य समायोजन नगरिने भएको हो ।

‘लामो समय घाटा बेहोर्नुपरेकाले निगमले सरकारलाई अझै ६ अर्ब ३० करोड रुपैयाँ तिर्न बाँकी छ,’ उनले भने, ‘आइओसीलाई पनि ६ अर्ब रुपैयाँ बराबरको बक्यौता दिनु छ । यही कारण पनि यो पटक घटाएर मूल्य समायोजन गर्ने योजना छैन ।’ उनले अहिले निगमको संचित नोक्सानी भने नरहेको स्पष्ट पारे ।

आइओसीले पछिल्लो पटक पठाएको मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर ४.३५ रुपैयाँ, डिजेलमा ४.१६ रुपैयाँ मट्टीतेलमा ३.४८ रुपैयाँ घटाएर पठाएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनमा पनि प्रतिलिटर २.९५ रुपैयाँ र एलपि ग्यासमा ३०९ रुपैयाँ घटेर आएको छ ।

ग्यासमा यो पटक मूल्य घटेर आएपनि अझै २१८ रुपैयाँ घाटा नै रहेको ठाकुरले बताए । ‘ग्यास आयातमा लामो समयदेखि घाटा नै छ । अघिल्लो पटक प्रतिसिलिण्डर ५४५ रुपैयाँ घाटा थियो । अहिले यो खाटा केही कम भएको छ’, उनले भने ।

निगमले आन्तरिक बजारमा लागु गरेको पछिल्लो मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टीतेल १६५ रुपैयाँ आन्तरिक हवाई इन्धन प्रतिलिटर १६० रुपैयाँ, अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोटिर १३ सय ५० अमेरिकी डलर र ग्यास प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ ।


Read Previous

धादिङको गणेश खोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द   

Read Next

आयातकर्ता जाँचपास गराउन नआए वीरगञ्ज भन्सारमै थन्किए नयाँ सवारी साधन   

Leave a Reply

Your email address will not be published.