Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

नेपालमा ‘स्टाण्डर्ड गेज’ रेलको विकास आवश्यक : इडवार्डस्


काठमाडौं । नेपालको रेलवेको इतिहासका लेखक ड्यान इडवार्डस्ले प्रविधिको विकास र अद्यावधिक प्रविधिको कारण नेपालले स्टाण्डर्ड गेजमा रेलवेको विकास गर्नुपर्ने बताएका छन् । रेल विभागका आइतबार इडवार्डस्ले लेखेको ‘रेलवेज इन नेपाल, एन हिस्टोरिकल अकाउण्ट’ नामक पुस्तकबारे आयोजित छलफल कार्यक्रममा उनले सन् १९१३ देखि सन् २००० सम्मको रेलवेमा भएका विकासक्रमबारे बताए । उनले रेलवेको विकास र त्यसमा शासकदेखि प्रशासकको भुमिकाबारे पनि उल्लेख गरे ।

नेपालमा भारतले निर्माण गरिरहेको र भविष्यमा निर्माण गर्नको लागि अध्ययन भएका रेलवे योजना ब्रोडगेजनमा रहेको तर चीनको स्टाण्डर्ड गेजमा विकास गर्ने गरी अघि बढेको छ । यसले भविष्यमा समस्या ल्याउन सक्ने उनको भनाइ छ । सकेसम्म एउटा गेजको रेलवे विकास गरिनुपर्नेमा उनको जोड छ ।

लेखक इडवार्डस्ले सबैभन्दा पहिले सन् १९१३ देखि १९२० सम्म काठ ओसार्नको लागि रेलको प्रयोग हुने गरेको र त्यसकै लागि निर्माण गरिएको बताए । त्यसपछि सन् २०२७ देखि १९६८ सम्म नेपाल गभर्ममेण्ट रेलवे अस्थित्वमा आएको थियो । सन् १९३२ देखि १९५६ सम्म मोटर (ट्रली) रेलवे र १९३७ देखि २०१४ सम्म सबैभन्दा लामो समय जयनगर जनकपुर रेल सञ्चालन भएको जानकारी दिए । यसबाहेक कोशी प्रोजेक्ट रेलवे र हरिसिद्धी इटा तथा टायल कारखानामा पनि माटो आसार्न रेलको प्रयोग गरिएको उल्लेख गरे ।

रेल राजनीतिक पार्टीहरुको दस्तावेजहरुमा उल्लेख भए पनि अपेक्षित प्राथमिकतामा नरहेको लेखक इडवार्डस्को भनाइ छ । रेलको विकासलाई अघि बढाउन राजनीतिक पार्टीसँगै आम नागरिकको पनि साथ चाहिने उल्लेख गरे ।

रेल वित्तीय रुपमा सम्भाव्य नभएको अवस्थामा सरकारले कतिसम्म अनुदान दिने, रेलमार्ग बनाउनको लागि सरकारी ढुकुटीबाट रकम हाल्ने वा वैदेशिक सहायता वा ऋण खोज्ने, प्राविधिक जनशक्तिजस्ता विषय अझै चुनौतिको रुपमा रहेको उल्लेख गरे ।

छलफलमा रेल विभागका महानिर्देशक रोहित कुमार विसुरालले नेपालमा रेलको इतिहास लामो रहेको र त्यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । तराईमा धेरै जग्गा रेल र पहिले चलाएर काम नलाग्ने भएर बेवासिरे बनेका रेलका अवशेषहरुलाई पनि संकलन र संरक्षण गर्ने योजना रहेको उल्लेख गरे ।

त्यस्तै, रेल प्रशासक बलराम मिश्रले रेलमार्ग निर्माणको लागि तयारी भइरहेको र आउदा दिनमा यसलाई अझ व्यस्थित तरिकाबाट अघि बढाउनु पर्नेमा जोड दिए ।


Read Previous

विद्युत जडित क्षमता बढे पनि सुख्खा यामको उत्पादन गत वर्षको भन्दा न्यून

Read Next

आँपचौरका स्थानीयवासीको सक्रियतामा पक्की पुल निर्माण   

Leave a Reply

Your email address will not be published.