Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

विद्युत जडित क्षमता बढे पनि सुख्खा यामको उत्पादन गत वर्षको भन्दा न्यून


काठमाडौं । राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत जडित क्षमता करिब २७ सय मेगावाट पुगे पनि सुख्खा यामको उत्पादन गत वर्षको भन्दा न्यून हुन पुगेको छ । यो वर्ष हिउँदामा हिउँ नपरेकाले तथा वर्षा हुन नसकेका कारण विद्युत उत्पादनमा पनि कमी आएको हो ।
यो वर्ष चैत लागेपछि पग्लिने हिउँ नभएका कारण नदी प्रवाही जलविद्युत उत्पादनको १५ प्रतिशतमा सिमित हुन पुगेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार अर्धजलाशय जलविद्युत केन्द्रको पनि उत्पादन न्यून छ ।

‘अहिले सञ्चालनमा रहेका अर्धजलाशय आयोजनाले पनि जडित क्षमताको ३५ प्रतिशत मात्रै विद्युत उत्पादन गरिरहेका छन्,’ उनले भने, ‘निजी क्षेत्रका नदी प्रवाही आयोजनाले त १५ प्रतिशत मात्रै उत्पादन दिइरहेका छन् ।’ उनले काबेली करिडोरमा सञ्चालित जलविद्युतगृहको जडित क्षमता करिब २ सय मेगावाट भए पनि यो वर्ष सुख्खा याममा ३० देखि ३२ मेगावाट मात्रै उत्पादन दिन सकेको बताए ।

‘गत वर्ष यति बेला जडित क्षमता करिब २ हजार मेगावाट हाराहारीमा थियो । त्यो बेला पानी राम्रो परेकाले र हिउँ पग्लिएकाले विद्युत उत्पादन राम्रो थियो । अहिले जडित क्षमता २७ सय मेगावाट पुग्दा पनि विद्युत उत्पादन गत वर्षको भन्दा औसत २० देखि ३५ प्रतिशत कम छ,’ घिसिङले भने ।

आन्तरिक उत्पादन कम हुँदा विद्युतको माग र आपूर्ति व्यवस्थापनमा पनि समस्या आएको प्राधिकरणले जनाएको छ । विद्युत उत्पादनमा कमी आएपछि अहिले आपूर्ति व्यवस्थापन मिलाउन कुलेखानी जलाशय २४ घन्टा चलाइएको छ ।

कुलेखानी जलाशय अझै १ महिनासम्म २४ घन्टा सञ्चालन गर्न सकिने पनि घिसिङले बताए । विद्युतको माग यो वर्ष करिब ५ सय मेगावाट हाराहारीमा बढेकाले पनि सुख्या याममा करिब ५ सय मेगावाट भारतबाट आइरकेको घिसिङले जनाकारी दिए ।

अहिले टनकपुर विन्दुबाट ७० मेगावाट, ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट २ सय ५० मेगावाट, कुशाहा–कटैयाबाट ६० देखि ७० मेगावाट, रक्सौल–परवानीपुरबाट ३५ मेगावाट र रामनगर–गण्डकबाट ७० मेगावाट विद्युत आयात गरिएको प्राधिकरणले जनाएको छ । जसमध्ये अहिले बिहारसँग जोडिएको १३२ केभी रक्सौल–परवानीपुर र कुशाहा–कटैयाको आयात नियमित छैन ।

बिहारले उताको विद्युत माग बढेपछि पिक आवरमा नेपाललाई विद्युत दिन बन्द गरेको छ । नेपालको अहिलेको विद्युतको उच्च माग साढे १७ सय मेगावाट छ । औसत माग १३ सय मेगावाट छ । आधारभुत माग १२ सय मेगावाट रहेको प्राधिकरणले जनाएको छ । यो वर्ष आगामी भदौसम्ममा विद्युत माग २ हजार मेगावाटसम्म पुग्ने प्राधिकरणको प्रक्षेपण छ ।


Read Previous

प्रसारण प्रणालीको समस्याले अवरुद्ध पूर्वका उद्योगको विद्युत आपूर्ति नियमित भइसक्योः घिसिङ

Read Next

नेपालमा ‘स्टाण्डर्ड गेज’ रेलको विकास आवश्यक : इडवार्डस्

Leave a Reply

Your email address will not be published.