Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमाः पूर्वाधार मन्त्री ज्वाला


 काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा मन्त्री ज्वालाले निर्माण व्यवसायीहरूसँग सहकार्य गर्न सरकार तयार रहेको स्पष्ट पारे । मुलुक विकासका लागि पूर्वाधार नै महत्वपूर्ण क्षेत्र रहेको बताउँदै मन्त्री ज्वालाले पूर्वाधार क्षेत्रमा योगदान दिने पात्र निर्माण व्यवसायीहरू भएको बताए ।

‘सरकार र निर्माण व्यवसायी पक्ष—प्रतिपक्षी होइनन्, मिलेर काम गर्नुपर्छ’ मन्त्री ज्वालाले भने । निर्माण व्यवसायीहरूको समस्याबारे सरकार जानकार रहेको स्पष्ट पार्दै मन्त्री ज्वालाले निर्माण व्यवसायी मैत्री ऐन कानून निर्माणका लागि पहल गर्ने बताए ।  राष्ट्र र जनताप्रतिको जिम्मेवारी बोध गर्दै काम गर्न उनले निर्माण व्यवसायीहरूको ध्यानाकर्षण गराए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भुक्तानी अभावका कारण निर्माण उद्योग अत्यन्त असहज अवस्थामा रहेको मन्त्री ज्वालालाई जानकारी गराए । निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा त्यसको गम्भीर असर राज्यको ‘सप्लाई चेन’ मै परेको भन्दै अध्यक्ष सिंहले व्यवसायीहरूले बीस प्रतिशत मोबिलाइजेशन पेश्की रकम पाउनु पर्ने तर्क गरे ।

हालै राजधानीमा सम्पन्न महासंघको २४ औं साधारण सभाबाट पारित घोषणापत्र मन्त्री ज्वाललाई हस्तान्तरण गर्दै अध्यक्ष सिंहले घोषणापत्र कार्यान्वयनका लागि ध्यानाकर्षण गराए ।  निर्माण व्यवसायसँग सम्बन्धित् ऐन, कानून संशोधन गर्दा निर्माण व्यवसायी लगायतका सरोकारवाला सबैलाई अनिवार्य संलग्न गराउन अध्यक्ष सिंहले आग्रह गरे ।

अध्यक्ष सिंहले भौतिक पूर्वाधार मन्त्री नियुक्त हुनुभएकोमा महासंघको तर्फबाट ज्वालालाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना गरे । महासंघ प्रतिनिधिमिण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, सह—कोषाध्यक्ष सन्तोष शाह, कार्य समिति सदस्यहरू प्रमोद लामिछाने, दानबहादुर खड्का, दिनेश रिजाल, विष्णु लामिछाने, विशेष आमन्त्रित सदस्य विनोद कुमार भट्टराई, कार्यालय प्रमुख प्रेम सिंह ऐर लगायत रहेका थिए ।


Read Previous

वर्षौंदेखिका प्रसारण लाइन निर्माणकाे समस्या समाधानमा सरकारकै उदासीनता

Read Next

नारायणगढ–बुटवल सडक धमाधम कालोपत्रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *