Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

स्मार्ट बत्ती जडानपछि नारायणी पुल झिलीमिली   


चितवन । हावाहुरीले ढालेका विद्युतीय पाेल पुनर्निर्माण गरी स्मार्ट बत्ती जडानपछि चितवनकाे नारायणगढस्थित नारायणी पुल झिलीमिली बनेको छ ।    गत जेठमा हावाहुरीले ढालेका पाेलकाे स्थानमा नयाँ पाेल खडा गरी स्मार्ट बत्ती जडान गरेपछि नारायणी पुल झिलीमिली बनेकाे हाे ।

भरतपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजना अन्तर्गत पुलमा पोल राखेर स्मार्ट बत्ती जडान गरिएकाे छ ।
महानगर प्रमुख रेनु दाहालले बिहीबार साँझ पुलमाथिका स्मार्ट बत्ती बालेर शुभारम्भ गरिन् ।

पाेलमा डिजिटल पद्धतिबाट बत्ती बाल्न मिल्ने गरी स्मार्ट बत्ती जडान गरिएको छ । दाहालले महानगरलाई उज्यालो सहर बनाउने अभियानअन्तर्गतको पहिलो कार्यक्रममा नदीको पुलमाथि १४ वटा पोलमा स्मार्ट बत्ती जडान गरिएको बताइनन्  ।

पुलमा जडान गरिएका ती बत्ती साँझको समयमा आफैँ बल्ने छन् । साथै, स्मार्ट बत्तीलाई चहकिलो र मधुरो बनाउन मिल्ने छ । “अँध्यारोले रातको समयमा हिँड्डुल गर्नेलाई समस्या भएको थियो, बत्ती बालेसँगै समस्या हल भएको छ ” नगर प्रमुख दाहालले भनिन् ।

विद्युत प्राधिकरणसँगकाे साझेदारीमा महानगरले नगर क्षेत्रमा स्मार्ट बत्ती जडान गरिरहेको छ । यो पुलले भरतपुर महानगरपालिकाको नारायणगढ र गैँडाकोट नगरपालिकाको गैँडाकोट जोड्दछ । यही बाटो हुँदै पूर्वपश्चिम राजमार्ग आवतजावत गर्ने सवारी साधन पनि चल्ने गर्दछन् । पुलमा बत्ती बालेसँगै यात्रु लाभान्वित भएका हुन् ।

महानगरले पहिलो चरणमा ७८ दशमलव एक किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने काम अन्तिम चरणमा पुर्याएको छ । दोस्रो चरणमा एक सय १८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न बोलपत्र आह्वान गरिएको छ ।


Read Previous

पहिराले अवरुद्ध डुम्रे–बेँशीसहर सडक सञ्चालन 

Read Next

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

Leave a Reply

Your email address will not be published.