Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

युनिट्राभले तलब वृद्धिसहित १५ बुँदे माग टानमा बुझायो


काठमाडौं। नेपाल ट्रेकिङ्ग ट्राभल्स, र्याफटिङ्ग, एयरलाईन्स श्रमिक युनियन (युनिट्राभ) ले तलब वृद्धि, सामाजिक सुरक्षा कार्यान्वयन, तत्काल श्रम अडिट हुनुपर्ने, पालिकामा श्रमिकको पंजीकरण लगायत १५ बुँदे मागसहितकाे ज्ञापनपत्र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा बुझाएको छ ।

पर्यटन क्षेत्रमा विगत लामो समयदेखि कार्यरत श्रमिकहरुको पारिश्रमिक तथा सेवा सुविधा वृद्धि नभएको हुँदा नेपाल राष्ट्र बैंकले जारी गरेको मुद्रास्फिती दर तथा खाद्यवस्तुमा भएको मूल्यवृद्धिको आधारमा पारिश्रमिक र सुविधा वृद्धि हुनुपर्ने युनिट्राभको माग छ ।

जलवायु परिवर्तनका कारण कार्यक्षेत्रमा दिनानुदिन उच्चरुपमा जोखिम वृद्धि हुँदै गएका कारण पर्वतारोही र पदमार्गमा कार्यरत श्रमिकहरुको दुर्घटना बीमा तथा स्वास्थ्य बीमा रकममा शतप्रतिशतले वृद्धि गर्नुपर्ने संगठनको माग छ ।

यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई पालिकामा पञ्जीकरण गरिनुपर्ने, नयाँ श्रमिक भर्ना गर्दा पञ्जीकरण भई परिचयपत्र प्राप्त श्रमिकहरुलाई मात्र रोजगारी दिने ब्यवस्था कायम गर्न माग गरिएको युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए ।

श्रम ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ लागू भएपश्चात् सम्पूर्ण श्रमिकलाई रोजगारदाताले सामाजिक सुरक्षा कोषमा सूचीकृत गरी योगदान नियमित गर्नुपर्नेमा यस क्षेत्रमा कार्यरत श्रमिकहरुको सन्दर्भमा सामाजिक सुरक्षा प्रत्याभुत गरिएको छैन । अविलम्ब र अनिवार्यरुपमा सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिहरुलाई सूचीकरण गरी योगदान रकम नियमितरुपमा दाखिला गर्न युनिट्राभले माग गरेको छ ।

संगठनले पदमार्ग तथा पर्वतारोहणमा कार्यरत श्रमिकहरुलाई पर्यटन विभागबाट प्रदान गरिने इजाजतपत्र जारी तथा नविकरण गर्न सहज वातावरण बनाउन भनेको छ । पदमार्ग तथा पर्वतारोहणमा कार्यरत श्रमिकहरुको इजाजतपत्र नविकरण गर्दा गण्डकी प्रदेश सरकारले मनोमानी ढंगले कर असुल गरी रहेको र करको खारेजी वा सो कर श्रमिक कार्यरत रहेका सम्बन्धीत रोजगारदाता/प्रतिष्ठानले ब्यहोर्नुपर्ने संगठनको माग छ ।

श्रम ऐन, २०७४ तथा श्रम नियमावली २०७५ मा अनिवार्य श्रम अडिटको व्यवस्था गरिएको तर उक्त ब्यवस्था अनुसार यस क्षेत्रका व्यवसायीहरुले श्रम अडिट नगरेकाले श्रम ऐन, नियममा भएको व्यवस्था बमोजिम अनिवार्य श्रम अडिट गरिनुपर्ने श्रमिकहरुको माग छ ।

पर्वतारोहणमा जाने पर्वतारोहीलाई दिंदै आएको विभिन्न सेवा सुविधामा ३० प्रशितले बृद्धि गर्नुपर्ने माग राखेका श्रमिकले व्यक्तिगतरुपमा टिम्स लिएर जाने कार्यको अन्त्य गरी अनिवार्य श्रमिक पठाउने व्यवस्था गर्न भनेको छ ।

जलवायु परिवर्तन र मानवीय ब्यवहारका कारण हिमालहरुमा दिनानुदिन प्रदुषण बढ्दै गएको भन्दै संगठनले हिमाल तथा पदमार्गमा हुने फोहोर व्यवस्थापन गर्न एवं जलवायु परिवर्तनसम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न भनेको छ ।

पर्यटन श्रमिकका मागका सन्बन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाइ सरकारको पनि ध्यानाकर्षण गराउने युनिट्राभको तयारी छ ।


Read Previous

बुधवारदेखि हवाई भाडा ९ सयसम्म घट्छः वायुसेवा सञ्चालक

Read Next

रूख कटानको आदेश पर्खाइमा महाकाली करिडोर

Leave a Reply

Your email address will not be published.