Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

विद्युत उत्पादनको अनुमतिपत्र कसरी प्राप्त गर्ने ?


नेपालमा  जलविद्युत आयोजनाबाट विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गर्नुपूर्व विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र लिनुपर्छ । सर्वेक्षण अनुमतिपत्र पाएपछि आयोजनाकाे सर्वेक्षण गरिन्छ ।

आयोजनाकाे सर्वेक्षण अध्ययन गर्ने क्रममा म्याद सकिएकाे खण्डमा सर्वेक्षण अनुमतिपत्रकाे नविकरण गर्न सकिन्छ । यसकाे साथै सर्वेक्षण अनुमतिपत्र संशाेधनसमेत गर्ने व्यवस्था छ । सर्वेक्षण पूरा भएपछि विद्युत उत्पादनको अनुमतिपत्र लिनुपर्छ । यसकाे प्रक्रिया यस्ताे छः

१) दरखास्त

  • विद्युत नियमावली, २०५० को अनुसूची -६ बमोजिम तोकिएको ढाँचामा कुनै आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र बहाल रहेको अवधि भित्रे विद्युत विकास विभाग समक्ष दरखास्त दिने ।
  • विद्युत नियमावली, २०५० को नियम ४ मा उल्लेख भए अनुरुपका विवरण र सोही नियमावलीको अनुसूची – ११ मा उल्लेख भएअनुरुपको अनुमतिपत्र दस्तुर दाखिला गरी सोको रसिद दरखास्त साथ समावेश गर्ने।

२) कागजात चेकजाँच

  • विद्युत ऐन, २०४९ र विद्युत नियमावली, २०५० मा उल्लेख भएका विवरणका अलावा विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धि निर्देशिका २०७५ को दफा १३ मा उल्लेख भएका विवरण विभागमा पेश गर्ने।
  • आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न, वातावरणीय अध्ययन स्वीकृत तथा कनेक्सन एग्रिमेन्ट वा विद्युत खरिद विक्री सम्झौता सम्पन्न भए पश्चात मात्र दरखास्त उपर कारवाही हुने
  • माथि उल्लेख भए अनुरुपका विवरण, कागजात र दस्तुर सहितको दरखास्त पेश भए पञ्चात विभागमा तोकिएको पदाधिकारीबाट उक्त दरखास्त उपर चेकजाँच छानबिन हुने ।
  • प्रवर्द्धकबाट दरखास्त साथमा पेश भएका विवरण / कागजात / दस्तुर अपुग वा हेरफेर गर्नुपर्ने भएमा सो पेश गर्न विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धि  निर्देशिका, २०७५ को दफा १३ (३) र १३ (४) बमोजिम थप समय प्रदान हुने ।
  • थप प्रदान गरिएको समयमा विभागबाट माग गरिएको कागजात विवरणहरु पेश नभएमा विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धि निर्देशिका, २०७५को दफा २९ (१.क) वमोजिम दरखास्त रद्द गरिने

३) सार्वजनिक सूचना प्रकाशन

  • विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धि निर्देशिका, २०७५को दफा १३ (२) वमोजिम आवश्यक कागजात पेश भएको अवस्थामा वा दफा १४ (१) वा १४ (२) मा भएको व्यवस्था वमोजिम स-शर्तें उत्पादन अनुमतिपत्र जारी गर्न सकिने अवस्था भएमा कारवाही अगाडी बढाईने ।
  • विद्युत नियमावली, २०५० को नियम १६ वमोजिम सरोकारवालाहरुबाट राय सुझाव तथा प्रतिक्रियाको लागि ३५ दिने सार्वजनिक सूचना प्रवर्द्धक स्वयंको खर्चमा प्रकाशन हुन विभागबाट स्वीकृति प्रदान गरिने ।

४) अनुमतिपत्र जारी 

  • उक्त सूचना प्रकाशन अवधि भित्र कुनै राय, सुझाव, गुनासो, प्रतिक्रिया वा उजुरी प्राप्त भए साे सम्बन्धमा कारवाही सम्पन्न गरी वा अनुमतिपत्रकाे शर्तमा राखी  र यदि कुनै उजुरी कुनै राय, सुझाव, प्रतिक्रिया वा उजुरी प्राप्त नभए विद्युत ऐन २०४९ काे दफा ४ काे उपदपफा २ र विद्युत नियमावली, २०५० को नियम १७ वमोजिम ३५ वर्षे  बहाल रहने गरी विद्युत उत्पादनको अनुमतिपत्र जारी गरिने ।

स्राेतः विद्युत विकास विभाग


Read Previous

नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै १ वर्ष लाग्ने

Read Next

तनहुँको घिरिङ सबस्टेसनको निर्माण सम्पन्न, विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने

Leave a Reply

Your email address will not be published.