Nepal Purbadhar

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

नेपाल र बंगलादेशबीच ऊर्जा सह–सचिवस्तरीय बैठक सुरु


काठमाडौं । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सहसचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेडब्लूसी) बैठक सुरु भएको छ ।  दुई देशबीच विद्युत व्यापार र जलविद्युत आयोजनाको सहकार्यका लागि छलफल गर्ने उद्देश्यसहित बुधबार बैठक सुरु भएको हो ।

बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सह–सचिव मधु भेटुवाल र बंगलादेशको तर्फबाट ऊर्जा र खनिज स्रोत मन्त्रालयका अतिरिक्त सचिव मोहम्मद मोसिन चौधरी छन् ।

टोलीमा नेपालको तर्फबाट विद्युत विकास विभागका उपमहानिर्देशक संजय ढुंगेल, ऊर्जा मन्त्रालयका सह–सचिव पुष्कर सापकोटा, नेपाल विद्युत प्राधिकरणका निर्देशक प्रवल अधिकारी र लगानी बोर्ड नेपालका सिनियर डिभिजनल इन्जिनियर सागरराज गौतम छन् ।

यसैगरी बंगलादेशको टोलीमा पावर सेलका महानिर्देशक मोहमम्दन हुसिन, पावर डिभिजनका सह–सचिव रैहान अक्तर, प्रधानमन्त्री कार्यालयका निर्देशक जारीन नाहेर लगायत छन् ।

सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठक भने बिहीबार बस्नेछ । बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव शुशीलचन्द्र तिवारी र बंगलादेशको तर्फबाट विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानले नेतृत्व गर्नेछन्

बैठकमा दुई देशबीचको विद्युत व्यापारका साथै लगानीका लागि चासो राखेको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचाबारे छलफल गर्ने कार्यक्रम रहेको प्रवक्ता भेटुवालले जानकारी दिए ।

गत बर्षको भदौमा भएको बैठकमा नेपालले बंगलादेशलाई ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजना निर्माणका लागि प्रस्ताव गरिसकेको छ । यसैगरी बैठकमा अन्तरदेशीय देशीय कनेक्भिीटीहरुको अवस्था, नवीकरणीय ऊर्जा प्रवद्र्धन, ऊर्जा दक्षता, जलस्रोत सम्बन्धी अध्ययन अनुसन्धान लगायतबारे पनि छलफल हुने कार्यक्रम छ ।


Read Previous

‘एक महिनाभित्र जिएमआरसँग माथिल्लो कर्णालीको पिपिएमा हस्ताक्षर गर्दैछौं’

Read Next

‘भोट तान्नेभन्दा सम्मृद्धि ल्याउने ठूला परियोजना छनोट र विकास गर्नुपर्छ’

Leave a Reply

Your email address will not be published.