Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

सालझण्डी-ढोरपाटन सडक कालोपत्रे किन ?


काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सालझण्डी-ढोरपाटन सडक कालोपत्रे गर्नको लागि स्रोत सुनिश्चितता र बहुवर्षिय योजना स्वीकृतिको लागि पहल थालेकी छन् । सालझण्डी-ढोरपाटन सडकअन्तर्गत अर्घाखाँची सडक खण्डको लागि ५२ करोड र गुल्मी–बाग्लुङ खण्डको सौतामारे–पुर्कोट–गगरे खण्ड सडक कालोपत्रे गर्न १ अर्ब ८५ करोड स्रोत सुनिश्चितता र बहुवर्षिय योजना स्वीकृत गर्न पहल थालेकी हुन् ।

उनले स्रोत सुनिश्चितता पछि खरिद प्रक्रिया अगाडी बढाउन स्वीकृतिको लागि अर्थ मन्त्रालय पठाउन समेत आग्रह गरेकी छन् ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीसँग भेटेर यो पहल गरेकी हुन् ।

राष्ट्रिय योजना आयोगले २० करोडभन्दा माथिकालाई बहुवर्षिय योजनाको रुपमा स्वीकृत गर्नुपर्छ । त्यस्ता योजना स्वीकृतिका लागि बहुवर्षिय ठेक्का सम्बन्धी मापदण्ड २०७८ मा व्यवस्था भएअनुसार अर्थ मन्त्रालय पठाउनुपर्छ ।

गुल्मीस्थित सौतामारेदेखि पुर्कोट दह म्यालपोखरी, सिर्सेनी, अर्खाबाङ हुँदै गगरेसम्मको सडक लामो समयदेखि यत्तिकै अलपत्र छ । यसअघि राजनीतिक खिचातानीको कारण बजेट विनियोजन नहुने र भएको बजेट पनि काम नभएर फ्रिज हुँदा काम रोकिँदै आएको छ ।

भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आफूहरूको तर्फबाट तत्काल बजेट निकासा र बहुवर्षिय ठेक्काको लागि ढिलाइ नहुने बताए । राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीले उक्त आयोजनाको फाइल प्रक्रिया अगाडी बढाई अर्थ मन्त्रालयमा पठाउन कर्मचारीलाई निर्देशन दिए ।

यसकारण सालझण्डी-ढोरपाटन सडक कालोपत्रे

यो सडक निर्माण हुँदा बुटवलबाट अर्घाखाँची र गुल्मीको यात्रा छोटिन्छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकहरू समेत ढोरपाटनमा घुम्नलाई सहजता हुनेछ ।
पूर्वमन्त्री झाँक्रीले सडक कालोपत्रेपछि त्यो क्षेत्रका जनतालाई आवत जावतमा सुगम हुने, ढुवानी सस्तो भई राहत पुग्नेछ । गुल्मी र अर्घाखाँची जिल्लाको लाइफ लाइनका रूपमा रहेको उनको भनाइ छ ।

मुलुकको एकमात्र हिमाली शिकार आरक्ष ढोरपाटनसम्म सडकको सहज पहुँचमा जोडिएपछि आन्तरिक तथा बाह्य पर्यटकका कारण सो क्षेत्रको आर्थिक अवस्थामा समेत सुधार हुने अपेक्षा छ । यो सडक निर्माणपछि सिकार आरक्षण क्षेत्र जाने पर्यटकलाई मात्र सुगम हुने छैन, होटल, रिसर्ट, प्याराग्लाइडिङ, गल्फ, ट्रेकिङ, हाइकिङ, होमस्टे लगायतका पर्यटकीय गतिविधिले बढवा पाउनेछ ।

बाह्य र आन्तरिक पर्यटकले विविध सांस्कृतिक प्राकृतिक सौन्दर्यताको आनन्द लिने मौका लिनेछन् । सडक कालोपत्रे भएपछि यो क्षेत्रको आर्थिक क्रियाकलाप बढ्नेछ


Read Previous

पालो कुरिरहेका नदी प्रवाही आयोजनाको पीपीए हुन्छः ऊर्जा मन्त्री भुषाल

Read Next

महत्त्वकांक्षी डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन सुस्त

Leave a Reply

Your email address will not be published.