Nepal Purbadhar

जलविद्युत लगानी कम्पनीलाई नोडल एजेन्सीको रुपमा अघि बढाइने


काठमाडौं । जलविद्युतको स्वपुँजी (इक्वेटी) र ऋण लगानी गरिरहेको जलविद्युत लगानी तथा विकास कम्पनीले सरकारको जलविद्युत विकासको लक्ष्य पूरा गर्न प्रमुख सहयोगी संस्था (नोडल एजेन्सी) को रुपमा अघि बढाइने भएको छ ।

कम्पनीको ११ औ साधारणसभामा भावी कार्यदिशा र गन्तव्यबारे जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमले आन्तरिक तथा वाह्य स्रोत परिचालनको माध्यमबाट सरकारी, सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवद्धिर्त जलविद्युत आयोजनाहरुको वित्तिय व्यवस्थापनका लागि नोडेल एजेन्सीको काम गर्ने कम्पनीको कार्यदिशा रहेको जानकारी दिए ।

वैदेशिक रोजगारीमा गएका नेपालीको लगानीमा निर्माण अघि बढाउन लागिएको जलविद्युत आयोजनाहरुलाई प्राथमिकता दिने बताउँदै गौतमले ठूला आयोजनाहरुमा कम्पनीले पुँजी परिचालन गर्ने जानकारी दिए ।

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सचिव शुशील तिवारीले संकटकालको बेला जन्मिएको कम्पनीले जलविद्युतको लगानी र विकासमा ठूलो योगदान दिनुपर्ने बताए ।

कानुन मन्त्रालयका सचिव उदय सापकोटाले जलविद्युत लगानीमा रहेको खाडल पुर्नका विशेष गरी स्वपुँजी लगानीमा कम्पनी केन्द्रित हुनुपर्ने बताउँदै लगानी वृद्धिलाई मुख्य लक्ष्य राख्निुपर्ने बताए ।

पुर्व ऊर्जा सचिव देवेन्द्र कार्कीले विगतमा कम्पनीलाई नेपाल इन्फ्रास्टक्चर बैकसँग मर्जका लागि अघि बढाएकोमा यसको बेग्लै महत्व रहेकै कारण गर्न नदिएको बताउँदै कम्पनीले बढीभन्दा बढी लगानी गरेर नाफा कमाउनुपर्ने र जनताको सेयर लगानी रहेकोले उनीहरुप्रति जवाफदेही हुनुपर्ने बताए ।

कार्यक्रममा कम्पनीका उपमहाप्रबन्धक अरुण रजौरिया, जलविद्युत प्रवद्र्धक टेकनाथ आचार्य लगायतले जलविद्युत लगानीको परिचालन र व्यवस्थापनमा कम्पनीको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा कम्पनीले १३ वटा जलविद्युत् आयोजनामा १५ अर्ब ७३ करोड कर्जा लगानीको प्रतिवद्धता गरेको र हालसम्म ६ अर्ब ७७ करोड लगानी भइसकेको जानकारी दिएको थियो ।

कम्पनीका अनुसार, हाल कम्पनीसँग २२ अर्ब ९० करोड वित्तिय स्रोत रहेकोमा ७ अर्ब ६९ करोड ऋण लगानी, २ अर्ब ६८ करोड सेयर लगानीमा, ११ अर्ब ३१ करोड वाणिज्य बैकहरुमा निक्षेपको रुपमा तथा बाँकी चल अचल सम्पत्तिको रुपमा रहेको जनाएको छ ।

Facebook Comments

Read Previous

शनिबार धुलिखेलमा कार्ट्समान्डु हुने

Read Next

संयुक्त पश्चिम सेती आयोजना अघि बढाउन वार्ता सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

Nothing found

Nepal Purbadhar