Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

मध्यतमोर आयोजना ६६ प्रतिशत सकियो, एक महिनामा मुख्य सुरुङ छेडिने


काठमाडौं । ताप्लेजुङको तमोर नदीमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजना ६६ प्रतिशत पूरा भएको छ । सानिमा हाइड्रो समूहको सहायक सानिमा मिडल तमोर हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको आधाभन्दा बढी काम सम्पन्न भएको हो ।

अहिले बाँध, सुरुङ र विद्युतगृहको सिभिलतर्फको काम धमाधम भइरहेको आयोजना संयोजक मणिराज पोखरेलले बताए । उनका अनुसार बाँध क्षेत्रका संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

‘कोरोना कालमा आयोजनाको निर्माण सुस्त भए पनि अहिले तीव्रता दिएर काम गरिरहेका छौं,’ उनले भने, ‘बाँध क्षेत्रका सिभिल संरचना तयार हुन लागेका छन् भने मुख्य सुरुङ पनि खनेर सकिने चरणमा पुगेको छ ।’ उनले बाँध क्षेत्रमा ९० प्रतिशत काम सकिएको बताए ।

बाँधको मुहान (इन्टेक) बाहेक सबै संरचना तयार भइसकेको उनले जानकारी दिए । मुख्य सुरुङ पूरा हुन अब १३० मिटर मात्रै बाँकी छ । ३.७ किलोमिटर लामो मुख्य सुरुङ खनेर सकिन अब बढीमा १ महिनाको समय लाग्ने पनि पोखरेलले बताए ।

विद्युतगृहमा सिभिलतर्पको करिब ७० प्रतिशत काम सकिएको छ । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको काम हुन बाँकी छ । हाइड्रोमकानिकलतर्फका उपकरणहरू केही आयात भएको र बाँकीको पनि आयात हुन लागेको पोखरेलले बताए । यो आयोजना अबको १४ महिनामा सम्पन्न गर्ने लक्ष्य छ ।

मध्यतमोर  जलविद्युत आयोजनाको निर्माणाधीन विद्युतगृह

आयोजना सम्पन्न गर्न करिब १३ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । नेपाल इन्भेष्टमेन्ट, कृषि विकास, सिदार्थ, लक्ष्मी गरी ८ वटा बैंकले आयोजनामा ऋण लगानी गरेका छन् । बाणिज्य बैंकहरूले गरेको लगानी साढे ९ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि उत्पादन हुने विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको ढुंगेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्मको दुरी ९ किलोमिटर छ । कोसी कोरिडोरको ढुंगेसाँघु–वसन्तपुर खण्ड निर्माणाधीन छ । तुम्लिङटार–इनरुवा खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनीले ढुंगेसाँघुसम्मको ९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन अन्तर्गत २४ वटा टावर निर्माण हुनेछन् । प्रसारण लाइनको रुटमा निर्माण हुने सबै टावरको जग खनेर सकिएको पोखरेलले जानकारी दिए । ३ वटा टावर समेत खडा गरिएको उनले बताए ।

सानिमा समूहको लगानीमा मध्यतमोरसँगै २८.१ मेगावाटको तल्लो लिखु, १४.३ मेगावाटको माथिल्लो मैलुङ आयोजना पनि निर्माणाधीन छन् । जसमध्ये तल्लो लिखु ९५ प्रतिशत पूरा भइसकेको छ । २२ मेगावाटको सानिमा माई, ७ मेगावाटको माई क्यासकेड, २.६ मेगावाटको सुनकोसी सानालगायत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् ।


Read Previous

खपत नभएको विद्युत निर्यातको थालनी हुनु स्वागतयोग्यः निजी क्षेत्र

Read Next

नर्वेजियन राज्यमन्त्रीले गरिन काठमाडौ विश्वविद्यालयको टर्बाइन प्रयोगशाला अवलोकन

Leave a Reply

Your email address will not be published.