Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

चीनले साढे २ वर्षमा विद्युत जडित क्षमतामा नवीकरणीय ऊर्जाको हिस्सा ३३ प्रतिशत पुर्याउने


सांघाई । चीनले अबको साढे २ वर्षमा कूल जडित क्षमताको ३३ प्रतिशत विद्युत नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन गर्ने भएको छ । बढ्दो कार्बन उत्सर्जन न्यूनिकरण गर्ने उद्देश्यले सन् २०२५ सम्ममा प्रसारण प्रणालीमा जडित क्षमताको ३३ प्रतिशत विद्युत नवीकरणीय ऊर्जाको स्रोतबाट पुर्याउने लक्ष्य लिइएको हो ।

सन् २०२० सम्मको तथ्याङ्क अनुसार चीनको प्रसारण प्रणालीमा नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन भएको विद्युतको हिस्सा २८.८ प्रतिशत छ । अबको साढे २ वर्षमा नवीकरणीय ऊर्जामा लगानी बढाई ४.२ प्रतिशत नवीकरणीय ऊजाको विद्युत थपिने त्यहाँको योजना निर्माण गर्ने एजेन्सीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रसारण प्रणालीमा नवीकरणीय ऊर्जाको हिस्सा ३३ प्रतिशत पुग्दा १ अर्ब टन कोइलाको खपत कम गर्न सकिने त्यहाँको राष्ट्रिय विकास तथा सुधार आयोगले जनाएको छ । आयोगका अनुसार गैर–जीवाश्मा इन्धन (नन–फोसिल फ्युल ) को उत्पादन २० प्रतिशत पूर्वाउन ठेक्का प्रस्ताव गरिएको छ ।
सन् २०२० सम्मको तथ्याङ्क अनुसार कूल प्राथमिक ऊर्जाको १५.४ प्रतिशत नन–फोसिल इन्धन खपत भइरहेको छ । यसलाई बढाएर २० प्रतिशत पुर्याउने लक्ष्य लिइएको हो ।

चीनले नवीकरणीय ऊर्जा उत्पादन बढाउन सौर्य, वायु र जलविद्युत उत्पादनमा लगानी बढाउँदै लगेको छ । चीनले उत्तर पश्चिम मरुभूमि क्षेत्रमा ठूला सौर्य तथा वायु ऊर्जाका विद्युत आयोजनाहरू निर्माण गरिरहेको छ ।
सन् २०३० सम्ममा सौर्य र वायु ऊर्जाको जडित क्षमता १२ सय गिगावाट पुर्याउने लक्ष्य निर्धारण गरेको छ । यो अहिलेको मौजुदा जडित क्षमताको दोब्बर हो ।

विश्वमै अधिक कार्बन उत्सर्जन गर्ने चीनले सन् २०२५ सम्ममा अधिक ऊर्जा खपतको लक्ष्य निर्धारण गर्ने जलवायु समूहहरूले अपेक्षा गरेका थिए । यसअघि सन् २०३० सम्ममा चीनको कार्बन उत्सर्जन उच्चतम विन्दुमा पुग्ने चीनले बताइसकेको छ ।

अहिलेसम्म विद्युत खपत उच्च विन्दुमा पुग्दा कार्बन उत्सर्जन हुने गरी कति ऊर्जा खपत हुन्छ भन्ने प्रक्षेपण भइनसकेको समाचारमा जनाइएको छ । यदपि सन् २०२५ सम्ममा कूल ५ अर्ब टन कोइलाको उपयोग बराबरको विद्युत खपत हुने अनुमान गरिएको छ ।

सनु २०२१ देखि २०२५ सम्ममा प्रणालीमा आउने विद्युतको आधाभन्दा बढी हिस्सा नवीकरणीय ऊर्जाबाट उत्पादन हुने भनिएको छ । तर, चीनले अझै पनि ऊर्जा सुरक्षा सुधारमा ध्यान नदिई कोइलामा आधारित थर्मल प्लान्टहरू निर्माण गर्ने अनुमतिपत्र धमाधम दिइरहेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद


Read Previous

बागमती र गण्डकी प्रदेशका सवारी साधनलाई अनिवार्य इम्बोस्ड नम्बर प्लेट

Read Next

यात्रु र मालवाहक सवारी साधनको भाडा घट्यो (सूचीसहित)

Leave a Reply

Your email address will not be published.