Nepal Purbadhar

पानी जाहाजका सपना फिजे पनि खोलीमा फोहोर मिसायौ 


माया प्रेममा  डुबेको छ छाया  परिबर्तनको नारा दिएरै उता
लक्ष साँध्न  आतुर  हुनन्  घुसका  डोका पोका पिएरै झुटा
साह्रै गहिरो चिन्तन हावा महलमा   अगेनु दाउरा खोज्दैछ
बल्दैन चुह्लो उप्रान्त ग्यासको भाउ दोब्बर बृध्दि भाकोछ ।
पानी जाहाजका सपना फिजे पनि खोलिमा  फोहोर मिसायौ
उठे हर्क राई  बालेन्द्र  पाटिजमा गयो भुईचालो छचल्क्यायौ
लाग्दैन निन्द्रा उनेर  माला लगाए स्वतन्त्रले बिकृतिवाले पन्छाउन
बुई चढ्नेले बुझुन कुरा  महगा   भए बिक्री एक छाके  चलाउन  ।
मागेर भोज  बेचिएर मोज  नेतृत्व  महगा   बिथोला सैतान  झन्
झुत्रो कपडु झुप्रो छाप्रोको लाजनीति बिकृती बिसंगती पलाउछन्
गर्दैन  राष्ट्रको चिन्ता  !  खुईल्याउछ  हाडी घोप्ट्याउन अझै पनि
छिर्दैछ भिर्दैछ  सिहदरबार पछुताउदैन घुस खोर निदाउछ उतै अनि ।
उसले खोजेको परिवर्तन  भन्दैछ किनुवाको  छिनुवा बोको  बनी
दासत्व अस्वीकृत गणतन्त्र  मान मर्यादाको सिक्कार गरिब अनि
रुचाउन्न  भिजाउन्न कुराले   च्युरा भिज्दैन  भजनमण्डलिहरु बुझ
यात्रा अनन्य शान्दारको  घ्यु बेचुवा कि तरबार  सन्दर्भ  ईन्सान सुझ ।
नआओस आधिबेरी  बितृष्णाको पर्खाल भत्काए हुने यताउदि हजुर
परजिबी परआत्मा  पर पुकारी भरणपोषण पालिपोषित उठ्योगजुर
निर्माण निष्ठाले नगरुन निरुत्साहित  ! निसन्देह  मत्लब साद्य  साधन
देश बनाउने निष्ठा पाल !भक्ति राष्ट्र भक्तबत्सल गर्दै गर्दै सब याचना  ।
                        शम्भुप्रसाद न्यौपाने  बनेपा बुडोल  काभ्रेपलाञ्चोक

Read Previous

सहुलियत दिएर जलाशय जलविद्युत आयोजनामा लगानी गर्न प्रोत्साहित गरियोस्

Read Next

ठूला पूर्वाधार परियोजनाबारे राजनीति विवाद गर्नु हुँदैनः प्रधानमन्त्री