Nepal Purbadhar

भूकम्पपछिको पुननिर्माण सम्पन्न गर्न अझै २ वर्ष लाग्ने, सबै प्रदेशमा ‘इभाकुएशन पार्क’ निर्माण गरिने


काठमाडाैं । राष्ट्रिय पूननिर्माण प्राधिकरणबाट हस्तान्तरण भई आएका भूकम्पपछिको पुननिर्माण कार्य अबको २ वर्षमा सम्पन्न गरिने भएको छ । केन्द्रिय सविवालय सिंहदरबारलाई गुरुयोजना अनुरुप सु्न्दर, आकर्षक र व्यवस्थित बनाइने छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र रुकुम पूर्वमा आवश्यक सरकारी कार्यालय भवन निर्माण गरिने भएको छ । यी देश संघीयतामा जाँदा टुक्राएर थपिएका नयाँ जिल्ला हुन् ।

सीमावर्ती व्यापारिक नाकामा सहरी पूर्वाधारको निर्माण गरी आर्थिक केन्द्रको रुपमा विकास गरिनेछ । दोधारा–चाँदनी र राजपुरमा सहर विकासको पूर्वतयारी कार्य थालनी गरिने भएको छ । हाउस पुलिङको माध्यमबाट सहरको पुनरुत्थान गरिनेछ । सरकारले काठमाडौं उपत्यकाभित्र चार स्थान र सबै प्रदेशका ठूला सहरमा विपद् लक्षित इभाकुएशन पार्क निर्माण गरिने भएको छ ।


Read Previous

सात प्रदेशका एक सय माविमा सूचना प्रविधि

Read Next

दुई बर्ष भित्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु