Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

सञ्चार मन्त्रालयको प्राथमिकतामा खुमलटार ज्ञानपार्क


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष (२०७९/८०) का लागि ८ अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ दिएको छ । आयोगले मन्त्रालय अन्तर्गतका विभिन्न योजना तथा कार्यक्रमका लागि बजेटको सिलिङ दिएको हो ।

यता मन्त्रालयले भने आयोगले दिएको सिलिङ अनुसारको बजेट अपुग हुने बताउँदै आएको छ । मन्त्रालयले आयोगले तोकेको सिलिङभन्दा थप ४ अर्ब रुपैयाँ बराबरको बजेट थपिनु पर्ने लबिङ गर्दै आएको छ ।

सिलिङअनुसारको बजेट निर्माण गर्दा वर्षभरी सञ्चालन हुने कार्यक्रम तथा योजनाका लागि अपुग हुने हुँदा बजेट थपिनु पर्ने मन्त्रालयका सहसचिव तथा प्रवक्ता विनोदप्रकाश सिंहले बताए । उनका अनुसार मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा ललितपुरको खुमलटारमा ज्ञानपार्क निर्माण गर्ने योजनालाई प्राथमिकतामा राखेको छ ।

‘आउने वर्षको बजेटमा खुमलटारमा ज्ञानपार्क बनाउने योजना हाम्रो प्राथमिकतामा परेको छ,’ उनले भने, ‘यो बाहेक पनि डाटा सेन्टर ,सेक्युरिटी प्रेस लगायतका योजनालाई अघि सार्ने प्रस्ताव मन्त्रालयले गरेको छ ।’ उनले खुमलटारमा करिब १ अर्ब रुपैयाँ खर्चेर ज्ञानपार्क निर्माण गर्ने योजना प्रस्ताव गरिएको बताए ।

मन्त्रालयले हुलाक विभागको कार्यालय लगायतका संरचनाका लागि पनि प्रथामिकतासहित बजेट विनियोजन गर्ने तयारी गरिरहेको छ । मन्त्रालयको चालू आर्थिक वर्षमा ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

गत चैत मशान्तसम्म पुँजीगत खर्चको १८.९२ प्रतिशत मात्रै बजेट खर्च भएको थियो । मन्त्रालयले सरोकारवाला निकायसँग समन्वय गरेर ‘डिजिटल नेपाल फ्रेमवर्क’ योजनालाई पनि कार्यान्वयनको लागि अघि बढाउने तयारी गरिरहेको छ ।

सरकारले ३ वर्ष अघि अर्थात २०७६ कात्तिक ५ गते फ्रेमवर्क स्वीकृत गरी कार्यान्वयनमा ल्याएको थियो । तर,अहिलेसम्म यो फ्रेमवर्क प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेको छैन । फ्रेमवर्कमा ८ वटा क्षेत्र समावेश गरिएको छ । डिजिटल फाउन्डेसन, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त, सहरी पूर्वाधारलाई डिजिटल नेपालको क्षेत्रका रूपमा अगाडी बढाइएकोे छ ।


Read Previous

काठमाडौं-तराई फास्ट ट्रयाकका लागि ३० अर्ब बजेट प्रस्ताव

Read Next

‘कर्पोरेट ट्याक्स’ २५ प्रतिशत कायम गर्न अर्थ मन्त्रालयलाई सुझाव

Leave a Reply

Your email address will not be published.