
काठमाडौं । चीजको राजा मानिने पारमिगियानो रेग्गिआनो (Parmigiano Reggiano) को स्वाद अब काठमाडौंमै लिन सकिने भएको छ । आरसी एण्ड को कम्पनीले नेपालमा इटालीका उत्कृष्ट स्वाद र परम्परा नेपाल ल्याएको हो ।
रोडहाउससँगको सहकार्यमा कार्यक्रम गरी इटालियन कुजिन प्रस्तुत गरिएको हो । त्यसक्रममा लाइभ कुकिङ गरी प्रदर्शनी पनि गरिएको थियो ।

आरसी एण्ड कम्पनीले इटालीका प्रिमियम उत्पादनहरू नेपाली बजारमा प्रस्तुत गर्ने उद्देश्यले नेपाल ल्याएको हो । लेट्टेरिआ सोरेसिना (Latteria Soresina) को पारमिगियानो रेग्गिआनो (Parmigiano Reggiano (King of Cheese)) र गेल्लोनी (Galloni) को प्रोस्किउट्टो पार्मा ह्याम (Prosciutto Parma Ham (cured Parma ham) ) जस्ता ब्रान्डका खानाहरु नेपाल ल्याइएको छ । यी दुवै ब्रान्डले अन्तर्राष्ट्रिय पुरस्कार पनि जितेका छन् ।

अन्य उत्पादनमा Greci (सुक्खा उत्पादन), Segafredo (कफी) र Pizzamaster (पिज्जा ओभन) समेत नेपाल ल्याइएको आरसी एण्ड को कम्पनीका म्यानेजर विप्लब खनालले जानकारी दिए ।

यस कार्यक्रममार्फत नेपाली बजारमा इटालियन प्रिमियम उत्पादनको अभाव पूरा गर्ने र आगामी दिनमा थप ब्रान्ड तथा सेगमेन्ट भित्र्याउने योजना रहेको छ । नेपालमा इटालियन रेष्टुरेन्टहरु भए पनि अथेन्टिक सामान पाउन गाह्रो भएकाले गुणस्तरीय सामान लिएर आएको उनले बताए। मार्केटमा देखिएको ग्याप हटाउन खोजेको उनले बताए । सँगसँगै तालिम पनि दिने कम्पनीको योजना छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी