Nepal Purbadhar

बबरमहल र मीनभवनमा बन्दैछन् आकाशे पुल


काठमाडौं । सवारीसाधन र पैदल यात्रुको अत्यधिक चाप रहने काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि र शान्तिनगर क्षेत्रमा आकाशे पुल निर्माणको काम अघि बढेको छ। 

पैदल यात्रुको सुरक्षित र सहज आवागमनका लागि आकाशे पुल बनाउन लागिएको हो । 

भौतिक पूर्वाधार मन्त्रालयले दुई ठाउँमा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ। 

मन्त्रालयले रणनीतिक सडक पुल निर्माण अन्तर्गत बबरमहलमा आकाशे पुल निर्माण गर्न २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ भने मीनभवनमा आकाशे पुल निर्माणका लागि ४ करोड रुपैयाँ छुट्याएको छ ।

आकाशे पुल नहुँदा दुवै ठाउँमा पैदल यात्रु जोखिम मोलेर सडक वारपार गर्न बाध्य छन् ।


Read Previous

जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन सम्झौतामा हस्ताक्षर

Read Next

ग्लोबल एग्रोले ९ महिनामा कमायो २ अर्ब ८६ करोड रुपैयाँ