
काठमाडौं । एप्पलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) कम्पनी परप्लेक्सिटीलाई खरिद गर्ने तयारी गरेको छ ।
ब्लुमबर्गको रिपोर्टकाअनुसार दुई कम्पनीबीच १४ अर्ब अमेरिकी डलरमा यो सम्झौता हुन लागेको हो ।
परप्लेक्सिटी गुगल एउटा सर्च इन्जिन हो, तर यो एआईमा आधारित छ । यो एआईले अद्यावधिक समयमा नै प्रश्नहरुको जवाफ दिनसक्ने र कुराकानी गर्न सक्छ । हाल विश्वभरमा नै एआईको चर्चा भईरहँदा परप्लेक्सिटी पनि एउटा चर्चित र धेरै प्रयोग हुने स्टार्टअपमा रुपमा रहेको छ ।
परप्लेक्सिटी किन्ने कुरा हाल सुरुवाती चरणमा रहेको पनि एप्पल एआईको दौडमा केही पछाडी भएका कारण पनि यो सम्झौता हुन सक्ने धेरै सम्भावना छ । विश्वमा ओपन एआई, गुगललगायतका कम्पनीहरुले जेनेरेटिभ एआईमा उत्कृष्टता हासिल गर्न प्रतिस्पर्धा गरिरहँदा एप्पलको साथमा भने यस्तो कुनै पनि प्रोडक्ट छैन ।
एप्पलले परप्लेक्सिटीलाई खरिद गरेमा यो हालसम्मकै सबैभन्दा महंगो सम्झौता हुन्छ । यसअघि एप्पलले सन् २०१४ मा ३ अर्ब अमेरिकी डलरमा कन्ज्युमर इलेक्ट्रोनिक्स कम्पनी बीट्सलाई किनेको थियो ।