Nepal Purbadhar

पूर्वाञ्चल ल्युब ओयल लिमिटेडको व्यापार बढ्यो, मार्जिनमा भने गिरावट


काठमाडौं । पूर्वाञ्चल ल्युब ओयल लिमिटेडको व्यापारमा बृद्धि भएको छ । 

२०२२ मा ७५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले २०२३ मा ७७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२४ मा भने कम्पनीको व्यापारमा थप बृद्धि भएर ७८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । 

२०२५ को ९ महिनामा भने कम्पनीले ६५ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । 

कम्पनीको व्यापारमा बृद्धि भईरहँदा मार्जिनमा भने कमि आएको छ । कम्पनीको पिबिआईएलडीटी मार्जिन (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा) २०२२ मा १७.०२ प्रतिशत रहेकोमा २०२३ मा बृद्धि भएर २३.४६ प्रतिशत पुगेको थियो । २०२४ मा भने मार्जिनमा गिरावट आएर १७.७५ प्रतिशत पुगेको छ । २०२५ को ९ महिनामा भने कम्पनीको मार्जिन १७.३८ प्रतिशत पुगेको छ । 

२००१ मा खुलेको पूर्वाञ्चल ल्युब ओयल प्रालि २०२२ बाट पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । यो कम्पनीले गाडीमा प्रयोग हुने लुब्रिकेन्ट र ग्रिसको उत्पादन र बिक्री वितरण गर्दै आएको छ । कम्पनीले स्टार,पिएलओ, मेघा र सुरक्षा नाममा उत्पादनको बिक्री गर्दै आएको छ । पिएलओ ग्रुप अन्तर्गतको यो कम्पनीको बोर्ड अध्यक्षमा भने कृष्ण प्रसाद दुलाल रहेका छन् । 

हालका लागि भने कम्पनीले ७८ करोड ३३ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई २६ करोड ८३ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि त्रिपल बि माइनस र ५१ करोड ५० लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए थ्रि रेटिङ दिएको छ ।


Read Previous

१०६ मेगावाटको जगदुल्लाले गाउँमा पहिलोपल्ट बाटो पुर्‍याउँदा स्थानीयले मनाए खुसीयाली, ‘धेरैको ज्यान जोगिन्छ’

Read Next

बजेट पास गर्न मन्त्रीपरिषद्को बैठक बस्दै