Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
२०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ऊर्जा नेपालको अनुदान सहयोगमा निजी क्षेत्रले निर्माण गरेका २३ इभी चार्जिङ स्टेसन सञ्चालन


काठमाडौं ।अमेरिकी विकास साझेदार युएसएड नेपाल अन्तर्गतको ऊर्जा नेपाल परियाेजनाकाे आर्थिक अनुदान सहयोगमा बागमती प्रदेशमा २३ वटा विद्युतीय गाडी (इभी) चार्जिङ स्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । निजी क्षेत्रले ऊर्जा नेपालको अनुदान कार्यक्रम अन्तर्गत प्रदेशका ७ स्थानमा निर्माण सम्पन्न गरेका यी चार्जिङ स्टेसनहरू सञ्चालनमा आएका हुन् ।

ऊर्जा नेपालले मंगलबार राजधानीमा आयोजना गरेको विशेष कार्यक्रममार्फत यी चार्जिङ स्टेसन सञ्चालनको औपचारिक उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दिवकुमार देव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ युएसएड नेपालकी कार्यवाहक मिसन निर्देशक करेन वेल्चले संयुक्तरूपमा चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा पहिलाे पटक माेबाइल इभी चार्जिङ स्टेसनमार्फत विद्युतीय गाडी चार्ज गरियाे । युएसएड नेपालको आर्थिक अनुदान सहयोगमा यात्री डिजाइन स्टुडियो र ई–स्टप प्रालिले बागमती प्रदेशका ७ स्थानमा चार्जिङ स्टेसन निर्माण गरेका हुन् । यात्री एक्लैले दोलखाको चरिकोट, काभ्रेको धुलिखेल, काठमाडौंको कोटेश्वर, ललितपुरको सानेपा, धादिङको मलेखु र तनहुँको आबुखैरेनी गरी ६ स्थानमा चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालनमा ल्याएको छ ।

यस्तै, ई–स्टप प्रालिले चितवनको कुरिनटारमा ४ पाङ्ग्रे र २ पाङ्ग्रे विद्युतीय गाडी चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन बनाएर सञ्चालनमा ल्याएको ऊर्जा नेपालका सिद्धार्थ मनीले जानकारी दिए । उनका अनुसार ७ स्थानमा निर्माण सम्पन्न भएका २३ चार्जिङ स्टेसनमा ५ लाख ३० हजार अमेरिकी डलर (करिब ७ करोड ४ लाख ९० हजार रुपैयाँ) लगानी भएको छ ।

कूल लागतको ७० प्रतिशत अनुदान र ३० प्रतिशत निजी कम्पनी आफैँले लगानी गरेको उनले बताए । युएसएडको ऊर्जा नेपालले दुई कम्पनीलाई चाजिङ स्टेसन निर्माण गर्न अनुदान स्वरूप ३ लाख ४६ हजार ३ सय १५ अमेरिकी डलर (करिब ४ करोड ६० लाख ५९ हजार ९ सय ९५ रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराएको थियो । दुई कम्पनीले पनि १ लाख ८५ हजार अमेरिकी डलर (करिब २ करोड ४६ लाख ५ हजार रुपैयाँ ) यी चार्जिङ स्टेसनमा लगानी गरेका छन् ।

६ स्थानमा चार्जिङ स्टेसन निर्माण गर्न युएसएड नेपालले २ लाख ७६ हजार अमेरिकी डलर (करिब ३ करोड ६७ लाख ८ हजार रुपैयाँ बराबरको आर्थिक अनुदान सहयोग उपलब्ध गराएको यात्री डिजाइन स्टुडियोका संस्थापक असिम पाण्डले जानकारी दिए ।

यस्तै, ई–स्टप प्रालिले पनि कुरिनटारमा चार्जिङ स्टेसन बनाउन ३ करोड ३० लाख रुपैयाँ लगानी गरेका कम्पनीका प्रतिनिधि मुकुन्द विक्रम शाहले बताए । उनका अनुसार कूल लगानीको ४८ प्रतिशत अनुदान सहयोग र ५२ प्रतिशत कम्पनीमार्फत चार्जिङ स्टेसनमा लगानी भएको पनि उनले जानकारी दिए ।

ऊर्जा मन्त्रालयका सहसचिव देवले सन् २०३० सम्ममा पेट्रोलियम इन्धनमाथिको परनिर्भरता घटाई दीगो यातायात प्रवर्द्धन गर्न ९० प्रतिशत निजी सवारी र ६० प्रतिशत सार्वजनिक गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने सरकारको लक्ष्य पूरा गर्न ऊर्जा नेपालको अनुदानमा बनेका चार्जिङ स्टेसनले पनि योगदान पुग्ने बताए ।

‘विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्न मन्त्रालयले नीतिगत रूपमा सहयोग पुर्याउँदै आएको छ,’ उनले भने, ‘सन् ९० को दशकमा सफा ट्याम्पु हुँदै अहिले विद्युतीय सवारी युगमा आइपुग्दा मुलुकले ठूलो फड्को मारेको छ ।’ उनले न्यून सञ्चालन खर्चसँगै वातावरण संरक्षणमा पुर्याउने योगदानका बारेमा नागरिक पनि जागरुक हुँदै गएकाले क्रमशः इभी सञ्चालन गर्नेको संख्या बढीरहेको पनि उनले बताए ।

‘२३ वटा चार्जिङ स्टेसन बनाउन २ निजी कम्पनीले आर्थिक अनुदान पाएकाले लगानीका हिसाबले काम सम्पन्न गर्न धेरै सहज भयो । तर, चार्जिङ स्टेसन बनाउन क्रियाशिल धेरै निजी कम्पनीलाई सहयोग पुगेको छैन । ऊर्जा नेपालले अरु निजी कम्पनीलाई पनि अनुदान कार्यक्रमभित्र समेटेर सहयोग पुर्याउन सके राम्रो हुन्छ’, उनले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै युएसएड नेपालकी कार्यवाहक मिसन निर्देशक करेन वेल्चले नेपालको सन् २०४५ सम्ममा नेट जिरोमा जाने लक्ष्य पूरा गर्न ऊर्जा नेपालले नवीकरणीय ऊर्जाको क्षेत्रमा गरिरहेको कामबाट सहयोग पुग्ने बताइन् । उनले निकट भविश्यमा चार्जिङ स्टेसनसँगै जलविद्युत र सौर्य ऊर्जाको प्रवद्र्धनमा सहयोग पुर्याउँदै जाने प्रतिबद्धता जनाइन् ।


Read Previous

अनुमति लिएर अघि बढेका आयोजना खारेज गर्न मुद्दा पर्नुले निजी क्षेत्रलाई समस्यामा पारेकाे छः अध्यक्ष कार्की

Read Next

अर्बाैं खर्च भइसकेका आयोजनाको इआइए प्रतिवेदन खारेजीप्रति सराेकारवालाकाे चिन्ता

Leave a Reply

Your email address will not be published.