Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने

एक वर्षमा नेपालगञ्ज-गुलरिया सडक विस्तार ५७ प्रतिशत पूरा


राँझा (बाँके) । नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारको काम ५७ प्रतिशत सम्पन्न भएको छ । निर्माण सुरु भएकाे एक वर्षमा याे सडक विस्तारकाे काममा यति प्रगति भएकाे हाे ।

एक वर्षको अवधिमा आधाभन्दा बढी काम सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार काम गरेअनुसारको भुक्तानी समयमै दिन सकेमा निर्धारित समयभन्दा एक वर्ष पहिले नै सम्पन्न हुने भएको छ । निर्माण कम्पनीले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

याे  सडक विस्तारकाे काम २०७९ माघ १५ गतेबाट सुरु गरिएकाे थियाे । ११.६० किलोमिटर ४ लेन र १६.२ किलोमिटर २ लेनगरी २७.६२ किलोमिटर लामो सडक विस्तार २०८२ मङ्सिर २७ गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ ।

निर्माण कम्पनीले मूल्य अभिवृद्धि करबाहेक २ अर्ब ७८ करोड २९ लाखमा नेपालगञ्ज–गुलरिया सडक विस्तार निर्माणको जिम्मा पाएको हो । निर्माण कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै भुक्तानी प्राप्त भएमा एक वर्षभित्र सम्पन्न गर्नेगरी काम गरिएको बताए ।

निर्माण कम्पनीले यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्नेगरी काम अघि बढाएको शर्माले जानकारी दिए । नेपालगञ्ज–गुलरिया सडक विस्तारकार्यको भौतिक प्रगतिको आधा २७ प्रतिशतमात्र कामको भुक्तानी दिन सकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले बताए ।

उनका अनुसार निर्माण कम्पनीले काम गरी भुक्तानीका लागि पेस गरेको ४४ करोड रुपैयाँ बिलअनुसारको भुक्तानी हुन बाँकी रहेको छ । बजेट अभाव कायमै रहेमा निर्माणाधीन योजनामा प्रभाव पर्ने देखिएको छ ।


Read Previous

विद्युत प्राधिकरणले चालू आवकाे ६ महिनामा १५ अर्ब ३६ करोड नाफा कमायाे

Read Next

निर्माण थालेको १० वर्षपछि बल्ल सञ्चालनमा आयाे ठिमुरा-देवघाट पुल

Leave a Reply

Your email address will not be published.