Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

पासाङल्हामु मार्गमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिने   


बाँके  । विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको याे सडक मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जको सुर्खेतरोडबाट टाँगा स्टेशन जोड्ने ५५० मिटर लामो र ८ मिटर चौडा पासाङल्हामु मार्ग नगरस्तरीय ७५ लाख रुपैयाँ बजेट कालोपत्र हुने भएको हो । पासाङल्हामु मार्ग आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले जानकारी दिए ।

विगतमा सडक विस्तारका क्रममा अतिक्रमित संरचना स्थानीयले नभत्काएका कारण सडक निर्माण अलपत्र परेको थियो । अहिले स्थानीयले सडक विस्तारका लागि संरचना आफैँ भत्काएपछि सडक निर्माण सुरु भएको श्रेष्ठले जानकारी दिए ।

लामो समयदेखि अलपत्र सडक निर्माण सुरु भएसँगै स्थानीय खुसी भएका छन् । जीर्ण अवस्थामा भएको सडक निर्माण भएपछि सो मार्गमा व्यावसायिक चहलपहलसमेत बढ्ने स्थानीय दमनकुमार श्रेष्ठले बताए । सडक निर्माणको योजनालाई समयमै सम्पन्न गर्न प्राथमिकताका साथ कार्यान्वयन सुरु भएको नगरप्रमुख विष्टले जानकारी दिए ।

“समयमै गुणस्तरीयरूपमा पूर्वाधार विकासका योजना सम्पन्न गर्न धमाधम काम सुरु भएको छ”, नगरप्रमुख विष्टले भने, “योजना कार्यान्वयनको सुरुआतसँगै अनुगमनलाई पनि प्राथमिकता दिइएको छ ।”


Read Previous

बाबियाचौर-काफलचौर-सल्यान-भर्जुला सडककाे स्तरोन्नति सुरु

Read Next

भरतपुर विमानस्थल विस्तारका लागि अध्ययन सुरु हुँदै   

Leave a Reply

Your email address will not be published.