Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

सञ्चालनको तयारीमा भरतपुर-देवघाट जोड्ने ठिमुरा पुल


नारायणगढ। पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ । देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालनकाे तयारी गरिएकाे हाे ।

२०७१ कात्तिकमा ठेक्का सम्झौता भई निर्माणकार्य सुरु गरिएको पुल निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माणकार्य ढिला हुनपुगेको पनि अब भने सञ्चालनकाे चरणमा पुग्न लागेकाे छ । सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहका अनुसार हाल पुल निर्माणको काम ९८ प्रतिशत सम्पन्न भएको छ ।

“अहिले निर्माणको काम लगभग पूरा भएको छ, अप्रोच रोड र रेलिङको केही काम बाँकी छ, केही दिनमा पूर्ण तयारीका साथ पुल सञ्चालन गर्न मिल्ने हुन्छ ,” उनले भने । उनले माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालन हुनुपर्ने स्थानीय र सम्बन्धित सरोकारवालाको माग भएको हुँदा यही महिनाको अन्तिम सातामा सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।

“दुवैतिरको बाटो ‘क्लियर’ छ, अहिले पनि पैदल र मोटरसाइकल चलाउन मिल्ने भएको छ, सुरक्षाका लागि अप्रोच स्ल्याब र रेलिङ हाल्दै गरेको अवस्था छ, केही खाल्डा परेको स्थानमा मिलाउने काम भइरहेको छ, यो एक–दुई दिनमा सकिने काम हो ,” उनले भने ।
उनले बीचमा बजेटका कारणले काममा केही ढिला हुन पुगेको बताए । केही दिनअघि मात्र गत आर्थिक वर्षको दुई करोड ९० लाख रुपैयाँ रकम भुक्तानी भएको हुँदा बजेटमा सहजता मिलेको उनकाे भनाइ छ ।

“अब ठेकेदारलाई रु दुई करोड भुक्तानी गर्न बाँकी छ”, उनले भने, “पुल निर्माणका लागि संशोधित लागत रु २१ करोड ५० लाख हो, सबै काम सम्पन्न गर्दा रु डेढ करोड बजेट थप गर्नुपर्ने देखिन्छ ।”

ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्नेगरी इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले पुल निर्माणको जिम्मा लिएको थियो । निर्माण भइरहेको समयमा २०७७ चैत २४ गते पहिलोपटक निर्माणाधीन पुल भत्किएको थियो । दोस्रोपटक २०७९ साल बैशाखमा भत्किएको थियो ।

तीनवटा पक्की स्पान र नदीको बहाव क्षेत्रमाथि ८० मिटर लम्बाइको स्टिल संरचना गरी दुई सय २० मिटर लम्बाइको पुल बनेको शाहले जानकारी दिए ।


Read Previous

तेस्राे अन्तर्राष्ट्रिय लगानी सम्मेलन बैशाख १६ र १७ गतेका लागि सारियाे   

Read Next

भेडेटार-राँके सडककाे धनकुटा खण्डमा काम धमाधम, इलाम-पाँचथरमा सुस्त   

Leave a Reply

Your email address will not be published.