Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी    पश्मिना निर्यात निर्देशिका सार्वजनिक, साना र मझौला उद्यमीकाे व्यापार सहज हुने सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने  

प्राधिकरणका कर्मचारीले गरेको गल्तीको सजाय हामीलाई दिने काम भयोः उद्योगी


काठमाडौं । उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बक्यौताका सम्बन्धमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले गरेको गल्तीको सजाय अहिले आफुहरूलाई दिने काम भएको बताएका छन् । नेपाल उद्योग परिसंघ (सिएनआइ) ले आइतबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले प्राधिकरणका सम्बन्धित वितरण केन्द्रका कर्मचारीको कानूनबिपरित कामले अहिले उद्योगी व्यवसायीलाई अफ्ठ्यारोमा पार्ने काम भएको बताएका हुन् ।

प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत सेवा लिएका उद्योगलाई वास्तविक तथ्यांक दिएमा अहिले पनि महसुल बक्यौता तिर्न तयार रहेको उनीहरूले बताए । उनीहरूले ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल बक्यौताको विषय विवादित बन्दै गएकाले उच्चस्तरीय आयोग गठन गरी छानबिनबाट विवाद समाधान गर्नुपर्ने माग समेत गरे ।

प्राधिकरण उद्योगको विद्युत लाइन काट्न आक्रमकरूपमा प्रस्तुत भएको बताउँदै उनीहरूले यो क्रम तत्काल रोक्नु पर्ने पनि बताए । डिकेटेड र ट्रंक लाइनबाट विद्युत उपयोग गरेको प्रमाण नदिई महसुल बक्यौता असुल गर्न खोजिएमा आन्दोलनमा उत्रने चेतावनी उनीहरूले दिएका छन् ।

उद्योगी पशुपति मुरारकाले प्राधिकरणले विद्युत खपतको प्रमाण दिए आफूहरुलाई महसुल बक्यौता तिर्न कुनै समस्या नरहेको बताए । उनले आफुहरूले कानून विपरित कुनै काम नगरेको बताउँदै सम्बन्धित सबै निकायको प्रयासमा समस्याको समाधान खोजिनु पर्नेमा जोड दिए ।

‘प्राधिकरणको अधिकार महसुल तोक्ने नभई उठाउने हो, उसले आफैंले महसुल दर तोकेर बिलिङ गर्नु कानून विपरित काम गरेको छ । त्यो अवधिमा विद्युत खपत गरेको प्रमाण हामीलाई दिइयोस्, हामी महसुल तिर्न तयार छौं,’ उनले भने ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले सबै निकायमा जाँदा अहिले आफुहरूलाई अपराधीसरह व्यवहार भइरहेको दुखोसो पोखे । उनले प्राधिकरण नेतृत्वले आफ्नो काम राम्रो देखाउनका लागि नै अहिलेको अफ्ठ्यारो परिस्थिती सृजना गरिएको बताए । उनले विद्युत खपत गरेको प्रमाण दिए महसुल तिर्ने भन्दा पनि सुनुवाई नभएको बताए ।

नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्र सुस्त भएको मौका हेरेर उद्योगी व्यवसायीलाई तर्साउने काम भएको बताए । उनले सबै निकायको पहलबाटै नै अहिलेको समस्या समाधान गरी बन्द भएका उद्योगमा विद्युत आपूर्ति सुचारु हुने वातावरण बनाउनु पर्नेमा जोड दिए ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धुव्र थापाले प्राधिकरणले विद्युत खपतको बिल नभई रकम लेखिएको कागज मात्रै आफुहरूले पाएको बताए । महसुल नतिर्ने सूचीमा परेका उद्योगले ४ वर्ष अगाडि नै पुनरावेदनका लागि निवेदन दिएको बताउँदै उनले अहिलेसम्म समस्या समाधान हुन नसकेको बताए ।

नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले प्राधिकरणले खपत गरेको तथ्यांकबिनै करोडौं रुपैयाँ तिर्न बाँकी देखाएको बताए । उनले प्राधिकरणले टिओडी (टाइम अफ डे) मिटरको डाटा सहितको प्रमाण दिएमा उद्योगी महसुल तिर्न तयार रहेको बताए । उनले आफ्नो उद्योगको नाममा खपत नै नगरेको विद्युतको ७३ करोड रुपैयाँको बिल पठाइएको बताए ।

रोलिङ मिल एसोसियसनका अध्यक्ष साहिल अग्रवालले एकै पटक अरबौंको बिल तिर भनेर ताकेता गर्दा उद्योगीलाई मार परेको बताए । उनले महसुल उठाउन प्राधिकरणले उद्योगीललाई टिओडी मिटरको डाटा दिनुपर्ने बताउँदै उनले काटिएको उद्योगको लाइन तत्काल जोडिनु पर्ने माग गरे ।

सिदार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्षले ठाकुर श्रेष्ठले ट्रंक/डेडिकेटेड लाइनबाट विद्युत उपयोग नगर्ने उद्योगको पनि प्राधिकरणले आपूर्ति बिच्छेद गरेको बताए । प्राधिकरणले गत बिहीबार पत्रकार सम्मेलन गरी ६१ उद्योगी व्यवसायीले डिकेटेड र ट्रंक लाइनको महसुल नतिरेको जनाएको थियो ।

प्राधिकरणले अहिलेसम्म सूचीमा परेका २३ उद्योगको विद्युत आपूर्ति बिच्छेद गरिसकेको छ । थप उद्योगको पनि लाइन काट्दै जाने प्राधिकरणको योजना छ । प्राधिकरणले यी ६१ उद्योगबाट २२ अर्ब २४ करोड रुपैयाँ विद्युत महसुल बक्यौता उठाउन बाँकी रहेको दाबी गर्दै आएको छ ।


Read Previous

ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Read Next

अंग्रेजी नयाँ वर्षमा भक्तपुरका पर्यटकीयस्थलमा चहलपहल   

Leave a Reply

Your email address will not be published.