Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न

अंग्रेजी नयाँ वर्षमा भक्तपुरका पर्यटकीयस्थलमा चहलपहल   


भक्तपुर। अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन भक्तपुरका प्रमुख पर्यटकीयस्थलमा चहलपहल देखिएको छ । नगरकोटदेखि रानीकोटसम्मका होटल बाह्य तथा आन्तरिक पर्यटकले भरिभराउ छन् । पर्यटक खचाखच भएपछि यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् ।

कोभिड–१९ महामारीले थलिएको पर्यटन व्यवसाय आन्तरिक पर्यटकको आगमन बढेपछि लयमा फर्किएको छ । अंग्रेजी नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटक नगरकोट पुगका छन् । आइतबार राति बास बसेर सोमबार बिहान सूर्योदयसँगै हिमाली दृश्य हेर्ने पर्यटकको आगमन नगरकोटमा बाक्लो लाग्यो । लामो समय ओरालो लागेको पर्यटन व्यवसायमा दुई वर्षयता चहलपहल बढेको र यस वर्षको अङ्ग्रेजी नयाँ वर्र्षमा भने पर्यटकीय चाप बढ्दा व्यवसायीमा उमङ्ग थपेको नगरकोट बेस क्याम्प रिसोर्टका सञ्चालक अशोक थापाले बताए ।

“विदेशी पर्यटकको चाप पनि बढ्दै गएको छ, स्वदेशी पर्यटकको चाप ह्वात्तै बढेको छ ,” उनले भने । सामान्यदेखि तारे होटलमा नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप निकै बढेपछि व्यवसायी उत्साहित भएका छन् ।

स्वदेशी पर्यटकको आगमनले नगरकोट होटल भरिएका होटल मेरीगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछानेले बताए । “कोभिड–१९ पहिलोपटक यतिधेरै पर्यटक आएका छन्,”उनले भने ।

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं नगरकोट नाल्दुम पर्यटन व्यवसायी सङ्घका पूर्वसचिव धनबहादुर लामाले नयाँ वर्षमा आन्तरिक पर्यटक नै बढी मात्रामा घुम्न आएका बताए । “एकसाता अगाडिदेखि होटल बुक भएका थिए, कोठा नै नपाउने अवस्था आयो, नेपालीमा पनि घर बाहिर पारिवारिक रमाइलो गर्ने परम्परा बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छौँ,” उनले भने ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाले २०८२ सालमा नगरकोट भ्रमण वर्ष मनाउन लागेको बताए । त्यसका लागि नगरपालिकाले आवश्यक पूर्वाधार निर्माणमा यस वर्ष रु एक करोड बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले नगरकोटदेखि चाँगुनारायण मन्दिरको प्रचारप्रसार गर्न भ्रमण वर्ष मनाउन लागिएको बताए ।

सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नं ८ सिपाडोलको संगमस्थल रानीकोट र घ्याम्पेडाँडाका सबै होटल आन्तरिक पर्यटकले भरिएका छन् । यहाँ पर्यटकले रातभरि नाचगान गरी नयाँ वर्ष मनाएको होटल व्यवसायी रामसुन्दर बकेक्ले बताउनुभयो । नयाँ वर्र्षका लागि आफ्नो होटल सात दिन अघि नै बुक भएको उनको भनाइ छ ।


Read Previous

प्राधिकरणका कर्मचारीले गरेको गल्तीको सजाय हामीलाई दिने काम भयोः उद्योगी

Read Next

डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता बढीमा ६० किस्तासम्म तिर्न पाउने व्यवस्था, हिमाल आइरनले तिर्यो बक्यौता

Leave a Reply

Your email address will not be published.