Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

मध्यमर्स्याङ्दीकाे विद्युत उत्पादन घट्यो, निजी क्षेत्रका विद्युतगृह पनि कम क्षमतामा चल्दै   


लमजुङ। लमजुङको बेँसीसहर नगरपालिका-१ दलालस्थित ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रकाे विद्युत उत्पादनमा कमी आएकाे छ । मर्स्याङ्दी नदीमा पानीकाे सतहमा कमी आउँदा याे जलविद्युत केन्द्रकाे विद्युत उत्पादन घट्न पुगेकाे हाे ।

जडित क्षमता ७० मेगावाट भएपनि ४० प्रतिशत मात्रै विद्युत उत्पादन गरिरहेकाे जलविद्युत केन्द्र प्रमुख पवन बस्नेतले जानकारी दिए । उनका अनुसार नदीकाे बहावमा आधारित याे जलविद्युत केन्द्रका लागि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्नका लागि पर्याप्त पानी नहुँदा ३० मेगावाट विद्युत घटेकाे छ ।

मंसिर महिनाबाटै जलविद्युत केन्द्रकाे उत्पादन क्रमशः घट्दै गएकाे उनले बताए । “एक महिना पहिलेदेखि विद्युत उत्पादन घट्न सुरु गरेकाे हाे । याे क्रम आगामी फागुनसम्म नै जारी रहनेछ,” उनले भने ।

याे जलविद्युत केन्द्र  सन् २००८ मा निर्माण सम्पन्न भएको हो ।  जलविद्युत केन्द्र २७ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।

मध्यमर्स्याङ्दीसँगै जिल्लामा नेपाल विद्युत प्राधिकरण तथा निजी क्षेत्रबाट सञ्चालित नदीकाे बहावमा आधारित जलविद्युत केन्द्रकाे पनि विद्युत उत्पादन घटेकाे छ ।

जिल्लामा पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको दोर्दी गाउँपालिका-६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत केन्द्रबाट १८ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको साइट इन्चार्ज रमेश सिग्देलले जानकारी दिए ।

यस्तै, मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत्, दोर्दी कोरिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला जलविद्युत्, दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजना, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी जलविद्युत केन्द्रकाे विद्युत उत्पादनमा कमी आएकाे छ ।


Read Previous

समस्या समाधानको प्रयासबिनै विद्युत लाइन काटिएको निजी क्षेत्रको गुनासो   

Read Next

श्रीलंका टापुलाई ठाकुरबारीसँग जोड्न झोलुङ्गे पुल निर्माण गरिने

Leave a Reply

Your email address will not be published.