Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

अवराेध हटेपछि बागलुङमा मध्यपहाडी लोकमार्ग कालाेपत्र विस्तारको बाटो खुल्यो   


बागलुङ ।  मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा पर्ने घरटहरा भत्काइएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ खण्डको अछेते बजारमा लोकमार्ग विस्तारसँगै कालोपत्र गर्नका लागि घरटहरा भत्काइएको हो ।

क्षतिपूर्ती दिएर घर टहरा भत्काएपछि लोकमार्गको कालोपत्र गर्ने बाटो खुलेको छ । सात वर्षदेखि कालोपत्रेको काम थालेपनि उक्त खण्डमा अझै कालोपत्र हुन सकेको थिएन । घरटहरा भत्काउन क्षतिपूर्ति दिनुपर्ने भए पनि अहिलेसम्म क्षतिपूर्ति दिन नसक्दा लोकमार्गको मापदण्डमा पर्ने घर तथा टहरा भत्काउन समस्या भएकाले लोकमार्ग कालोपत्रमा ढिलाइ भएको थियो ।

लोकमार्ग सम्पन्न गर्न निर्माण व्यवसायीको ढिलासुस्ती र लोकमार्ग छेउछाउका घरटहराले समेत समस्या बनाए पनि अहिले निर्माण व्यवसायी धमाधम काममा लागेको छ भने लोकमार्गका मापदण्डमा पर्ने आठ वटा घर तथा टहरा भत्काइएको लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी पवन सुवेदीले जानकारी दिए ।

नेपालमै सबैभन्दा लामो सडकखण्डको रुपमा बागलुङमा एक सय ४२ किमीमध्ये लोकमार्गको १२ किमी मात्रै कालोपत्र गर्न बाँकी छ । लोकमार्ग विस्तारसँगै कालोपत्र गर्न पाँच परिवारका आठ घर तथा टहरा भत्काइएको छ । यसका लागि ६५ लाख क्षतिपूर्ति दिन थालिएको छ ।

“एक हप्ताभित्रै खातामा क्षतिपूर्ति दिइनेछ । घर टहरा भत्काइसकिएको छ । अब लोकमार्ग विस्तारसँगै कालोपत्र हुन्छ”, सुवेदीले भने, “लोकमार्गको सबैभन्दा समस्याग्रस्त स्थानमा लोकमार्गको मापदण्डअनुसार संरचना हटाइएको छ, निर्माण व्यवसायी काममा फर्केर कालोपत्रका लागि ग्राभेल गरिरहेको छ ।”

बागलुङ बजारबाट बिहुँसम्मको १३ किमी सडक खण्डमा अहिले कालोपत्रका लागि पाँचौँ पटक म्याद थप गर्न लागिएको छ । काठेखोला गाउँपालिकाको अछेते बजारमा घर टहरा भत्काउन नसक्दा अहिलेसम्म लोकमार्ग विस्तारसमेत हुन सकेको थिएन ।

अछेते बजारका घरटहरा भत्काउनका लागि आवश्यक क्षतिपूर्ति प्रदान गर्ने निर्णय २०८० असार १९ गतेको मन्त्रिपरिषद्ले गरेको थियो । त्यसैअनुसार अहिले घरटहरा भत्काइएको र क्षतिपूर्तिको मूल्याङ्कनको आधारमा पाँच घरधनीलाई ६५ लाख रुपैयाँ भुक्तानी गर्न लागिएको हो ।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा अछेते बजारको घर टहरा भत्काउने प्रयोजनमा उपसमिति बनाएर मूल्याङ्कनपछि घरटहरा भत्काइएको हो । उपल्लाचौरबाट अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर बनाउन दुई वर्षमा काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

निर्माण व्यवसायीले समयमै काम नगरी पाँचौँ पटक म्याद थपको चरणमा पुगेको छ । निर्माण व्यवसायी काममा फर्केकाले अन्तिम पटक म्याद थपको काम गर्न लागिएको जनाइएको छ ।

उक्त घर टहराको मूल्य अहिलेको बजारअनुसार सहरी विकास तथा भवन निर्माण विभागको मापदण्डबमोजिम भुक्तानी दिने तयारी भएको छ । लोकमार्गको अन्य खण्डमा कालोपत्रेको काम भइसकेकाले अहिले अछेते बजारमा मात्रै वर्षौंदेखि घर टहरा भत्काउन बाँकी रहँदा कालोपत्रको काम रोकिएको थियो ।


Read Previous

‘देशलाई पूर्ण विद्युतीकरण गर्दै समृद्धिको यात्रामा अग्रसर भएका छाैं’  

Read Next

मुग्लिन-पोखरा सडकको आँबुखैरेनी खण्डमा कालोपत्र गर्न सुरु   

Leave a Reply

Your email address will not be published. Required fields are marked *