Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग


गण्डकी । पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न सरकारसंग माग गरेका छन् ।

होटल सङ्घ पोखरा र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरूपमा पश्चिम नेपालका सहरलाई लक्षित गरी सञ्चालित ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत शनिबार भैरहवामा आयोजित कार्यक्रममा वक्ताहरूले विमानस्थल सञ्चालनमा आउँदा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु चुनौतीको विषय भएको बताए ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले ठूलो लगानीमा बनेका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको जनाउँदै सरकारले चाँडो अन्तर्राष्ट्रिय उडानको वातावरण तयार गर्नुपर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब दिइएको जनाउँदै आफूूहरूको मागको सुनुवाइ नभएर आन्दोलन गर्न बाध्य हुने बताए । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि परिषद्को ऐक्यबद्धता रहेको उनको भनाइ छ ।

सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्घाटनको १८ महिना पुग्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उचितरूपमा सञ्चालनमा नआउनु दुर्भाग्य भएको बताए । उनले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आफूहरूको दबाबमूलक आन्दोलन जारी रहेको जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्रले बोर्डको गठन, बनावट, उद्देश्य र गतिविधिबारे जानकारी गराउनुभयो । कार्यक्रममा नाट्टा गण्डकीका अध्यक्ष रचना पन्त, पत्रकारद्वय माधव ढुङ्गाना र नरेश केसी, पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी अधिकृत रामु जोशीलगायतले पोखरा र लुम्बिनीबीचको पर्यटकीय साझेदारीमा जोड दिए ।

उक्त अवसरमा होटल सङ्घ पोखराले गण्डकी प्रदेश घुमघामका पर्यटकीय ‘प्याकेज’ सार्वजनिक गरिएको थियो । अभियानअन्तर्गत सङ्घले विभिन्न पाँच प्याकेज सार्वजनिक गरिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । प्याकेजअन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा–मुक्तिनाथ र पदयात्रा प्याकेज छन् । होटलमा बस्ने, खाने र घुम्नेसम्बन्धी यी प्याकेज दुई रातदेखि चार रातसम्मका र ३ हजारदेखि २६ हजार मूल्यबीचका छन् ।

आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यताअनुरुप दुई दशकअघि सञ्चालित अभियानमा भैरहवाका साथै नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पनि समेटिएको सङ्घका उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

अभियानको उद्देश्य पश्चिमबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पश्चिम पठाउने रहेको जनाउँदै सङ्घका महासचिव राजेन्द्र ढकालले कोभिड–१९ बाट थला परेको पर्यटनलाई लयमा फर्काउनसमेत यो अभियानले बल दिने बताए । उक्त अवसरमा पोखराका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको र यो क्षेत्रमा १५ हजारले रोजगारी पाएको कार्यक्रममा जानकारी गराइयो ।


Read Previous

केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

Read Next

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

Leave a Reply

Your email address will not be published.