Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

५ वर्षअघि सम्पन्न हुनुपर्ने अजुवा खोला मोटरेबल पुल अझै अलपत्र


गोरखा ।  गोरखाको बेनीघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने अजुवा खोला मोटरेबल पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन । आरुघाट गाउँपालिका–३ र ४ जोड्ने पुल निर्माणको काम लामो समयदेखि अलपत्र परेको हो ।

एघार किलो छेपेटार भालुस्वाँर बारपाक सडक आयोजनाको कार्यालयले ठेक्का लगाएको उक्त पुल निर्माणमा ठेकेदार कम्पनीको कारण ढिलासुस्ती भएको हो । विसं २०७४ साउनमा कार्यालयले कन्काई गोरखा एप्रोपेट जेभीसँग मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार १८ महिनाभित्र २०७५ माघमा निर्माण सम्पन्न गर्नुपर्ने पुल सम्झौता भएको सात वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको छ । पुल निर्माणका लागि ठेकेदार कम्पनीले हेलचक्रयाइँ गर्दासमेत कार्यालयले आवश्यक पहल नगरेको स्थानीयवासीको गुनासो छ ।

निर्धारित समयमा काम सम्पन्न नगरेको कम्पन्नीलाई पटक–पटक गरेर अहिलेसम्म चारपटक म्याद थप गरिसकेको कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए ।  पछिल्लोपटक गरिएको म्याद थपअनुसार गएको असारसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।

कुल रु चार करोडमा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको कार्यालयले ठेकेदार कम्पनीलाई ३ करोड २० लाख रूपैयाँ भुक्तानी गरिसकेको छ । पुलको भौतिक प्रगति भने ८३ प्रतिशतमात्र रहेको कार्यालय प्रमुख खड्काले बताए ।

ठेक्का सम्झौताअनुसार अझै पनि पुलसँगको पहुँचमार्ग निर्माण, पुलको दायाँबायाँ रेलिङ निर्माणलगायतका काम बाँकी नै रहेको छ । ठेकेदार कम्पनीले नियमितरूपमा काम गरे बाँकी रहेको काम सम्पन्न गर्न धेरै समय नलाग्ने उनको भनाइ छ ।

तीस मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमा फुटपाथसहित निर्माण गर्ने गरी कार्यालयले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । ‘ठेकेदार कम्पनीले गरेको लापरवाहीका कारण नै पुल निर्माणमा ढिलाइको मुख्य कारण हो, त्यसबाहेक भौगोलिक कठिनाइका कारण पनि पुल निर्माणमा केही समस्या भएको छ’, उनले भने ।

चौथोपटक थप गरिएको समयमा पनि ठेकेदार कम्पनीले काम सम्पन्न नगरेपछि कार्यालयले पुनः म्याद थपको तयारी गरेको कार्यालय प्रमुख खड्काको भनाइ छ ।


Read Previous

पर्यटन प्रवर्द्धन र प्रविधि रुपान्तरणमा अमेरिकाबाट थप सहयोगको अपेक्षा छ : मन्त्री साउद

Read Next

विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन समितिबाट पारित

Leave a Reply

Your email address will not be published.