Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने

जाजरकोटमा विद्युतीकरण हुँदै


जाजरकोट । जाजरकोटलाई विद्युतीकरण गर्नका लागि तीन अर्ब रुपैयाँको ठेक्का गरिएको छ । जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावनलगायतका ठाउँमा नयाँ सवस्टेशन निर्माण गर्न नयाँ ठेक्का गरिएको हो । भेरी नगरपालिकाको कुदुमा नयाँ सवस्टेशन निर्माण भइसकेको छ । त्यस्तै पूर्वी जाजरकोटसहित तल्लो डोल्पासम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सवस्टेशन निर्माण जारी रहेको नेपाल विद्युत प्राधिकरण जाजरकोटले जनाएको छ ।

बारेकोट, कुशे गाउँपालिकामा विद्युतीकरण गर्नका लागि समाइला सवस्टेशन निर्माण गर्न ठेक्का खोली कामको तयारी भइरहेको प्राधिकरणले जनाएको छ । पश्चिको छेडागाड, शिवालय र जुनिचाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सवस्टेशनबाट काम हुने भएको छ । प्राधिकरणका प्रमुख अभिषेकराज कलवारले चौखाको सवस्टेशन छ महिनाभित्र पूरा हुने बताए । काम गर्ने जनशक्ति कम भएकाले केही प्रविधिक समस्या भएको उनको भनाई थियो । उनका अनुसार कुदु सवस्टेशनबाट रुकुमपश्चिम, जाजरकोट र सल्यानमा प्रसारण लाइन लिइएको छ । ३३ केभी प्रसारण लाइन तीन जिल्लामा पुर्याएको जनाइएको छ ।

चौखाको सवस्टेशन निर्माणपछि ताक्सुगाड जलविद्युत् आयोजनासँगै डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको निर्माणले निरन्तरता पाउने प्रमुख कलवारले बताए । उनका अनुसार १३२ केभी प्रसारण लाइन कोहलपुरबाट सिधैँ सुर्खेतको मैनतडामा आठ महिनाभित्र पुग्ने लक्ष्य राखिएको छ । “१३२ केभी प्रसारण लाइनलाई जाजरकोटसम्म ल्याएमा मात्र विद्युत् सेवा दिगो हुने अपेक्षा गरिएको छ”, उनले भने ।

चार सय केभी प्रसारण लाइनको लागि जाजरकोटको दानी पिपलबाट सुर्खेतको मैनतडासम्म प्रसारण तथा सवस्टेशनको काम यही आर्थिक वर्षमा गर्ने तयारी भइरहेको प्रमुख कलवारले भने । दुवै प्रसारण लाइन मैनतडामै जडान हुने प्राधिकरणले जनाएको छ । जिल्लाका सबै ठाउँमा विद्युतीकरण गर्नका लागि कुनै पनि सामग्रीको अभाव नभएको कार्यालयले जनाएको छ । जिल्लाभरी झण्डै ३० प्रतिशत विद्युतीकरण भएको छ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्षभित्र कर्णालीभरी विद्युतीकरण गरिसक्ने दाबी गरेका छन् ।


Read Previous

एक अर्ब जनसंख्याका लागि पानीको श्रोत नेपाल रहेको अर्थमन्त्री डा. महतकाे भनाइ

Read Next

वार्षिक सय पुल बन्दैनथे, ३ सय बन्न थाले, पुल निर्माणकाे आकर्षण के ?

Leave a Reply

Your email address will not be published.