Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

ढुक्क रहनोस् अलपत्र त्रियुगा पुलको काम एक वर्षमा सक्छौ–मन्त्री ज्वाला


काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाैदेखि अलपत्र परेको त्रियुगा नदीमाथीको पुल एक वर्षभित्र निर्माण सक्न सडक विभागको पुल निर्माण महाशाखा र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

३ वर्षभित्र काम सक्नेगरी महालक्ष्मी लोकप्रिय निर्माण कम्पनीले २०७७ सालमा काम थालेको थियो । तीन वर्षभित्र सक्ने लक्ष्य लिएको पुल ११ वर्षपछि निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न भई हस्तान्तरण नगरिदै २०७८ सालमा पुलका तीन स्पान र दुई पिलर भत्केका थिए ।

पुल भत्किएको दुई वर्षसम्म निर्माण कम्पनीले काम नथालेपछि उदयपुरबाट प्रतिनिधित्व गर्ने सांसद, स्थानीय जनप्रतिनिधिहरु डेलिकेशनका लागि आइतवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेका थिए । मन्त्री ज्वालाले निर्माण व्यवसायीलाई पनि मन्त्रालयमा बोलाएर छलफल  गरे ।

‘निर्माण कार्य थालिएको १२ वर्षसम्म नागरिकले पुलमा हिड्न नपाउनु दुर्भाग्य हो । मन्त्रालय, स्थानीय जनप्रतिनिधि र निर्माण व्यवसायीको संयुक्त प्रयासमा यो पुलको निर्माण कार्य एक वर्षभित्र सिध्याउनुपर्दछ’ मन्त्री ज्वालाले भने ‘दिर्घ रोगी योजनामाथी एक्शन थालिसकेका छौ, कमला र जब्दीघाटको काम शुरु भइसकेको छ, त्रियुगाको एक वर्षभित्र सक्नुपर्दछ ।’ मन्त्री ज्वालाले त्रियुगाको पुल एक वर्षभित्र सक्नेमा ढुक्क रहन आग्रह गरे ।

कार्यवहाक सचिव अर्जुनजंग थापाले क्राेनिक रुपमा रहेका पुलहरु अब बन्ने क्रममा रहेको बताए । ‘देशभर साढे ४ हजार पुलहरुको निर्माण कार्य चलिरहेको छ, त्रियुगा, कमला र जब्दीघाट तीन पुलमात्र समस्यामा थिए, त्यसको हल पनि हामीले प्राविधिकरुपमा खोजिसकेका छौ ।’

उदयपुरको चौदण्डीगढीको शिवाई र बेल्ही जोड्ने त्रियुगा पुल वर्षाैदेखि अलपत्र छ । अलपत्र पुलका विषयमा छलफल गर्न उदयपुरका सांसद तथा पूर्वमन्त्री नारायण खड्कासहितको टोली मन्त्रालय पुगेको थियो । सांसदसहितको टोलीलाई मन्त्री, कार्यबहाक सचिव अर्जुन थापा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल, निजी सचिव रामहरि शर्मासहितको छलफलमा निर्माण कम्पनीले एक वर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ ।


Read Previous

मेलम्ची खानेपानी आयोजनाको मुहान सार्ने तयारी, २ अर्ब थप लागत आवश्यक

Read Next

निर्माण व्यवसायीले भोली प्रधानमन्त्री निवास अगाडि धर्ना दिने, थप आन्दोलन घोषणाको तयारी

Leave a Reply

Your email address will not be published.