Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

नागढुंगा सुरुङमार्ग सन् २०२५ देखि मात्र सञ्चालनमा आउने (फाेटाेफिचर)


काठमाडाैं । बहुप्रतिक्षित निर्माणाधीन नागढुंगा सुरुङमार्गको काम धमाधम भइरहेको छ । अहिलेसम्म सुरुङमार्ग निर्माणको काम ८९ दशमलव २० प्रतिशत सम्पन्न भएको आयोजना कार्यालयले जानकारी दिएको छ ।

सुरुङमार्ग चाडै छेडिने तयारी छ । तर, आयोजनाका अन्य काम बाँकी रहको र सुरुङमार्गको पनि लाइटिङ मिलाउनेलगायत विद्युत जडानलगायतका काम सन् २०२४ भित्र सम्पन्न गर्ने र २०२५ देखि मात्र सर्वसाधारणको लागि प्रयोगमा ल्याउन सकिने आयोजनाका अधिकारीहरुले जानकारी दिएका छन् ।

आयोजनाको पछिल्लो प्रगति अवस्थाको बारेमा मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको नेतृत्वमा सुरुङमार्गको स्थलगत अवलोकन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गको स्थलगत निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए । निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने उनले बताए । सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिए ।

अबको केही महिनामा रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी छ । सुरुङमार्गको विसं २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ २ दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् । कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको हो । थपिएको समयअनुसार २०८१ सालको असोजसम्ममा सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालन ल्याउन सकिनेछ ।


Read Previous

युएन फोरममा आयोग उपाध्यक्षको सम्वोधन, एलडीसीलाइ नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा सहयाेग गर्न आब्हान

Read Next

प्रधानमन्त्रीले बुधबार बूढीगण्डकीकाे फिल्ड कार्यालय उद्घाटन गर्ने

Leave a Reply

Your email address will not be published.