Nepal Purbadhar

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

राजेशकुमार अग्रवाल नेपाल उद्योग परिसंघको अध्यक्षमा चयन


काठमाडाैं ।  नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधानअनुसार  स्वतः अध्यक्षमा चयन भएका हुन् ।

लामाे समयदेखि परिसंघमा सक्रिय अग्रवाल परिसंघको उद्योग समिति सभापति, राजस्व समिति सभापति, राष्ट्रिय परिषद् सदस्य र रोजगारदाता परिषद् संयोजक हुँदै वरिष्ठ उपाध्यक्ष बनेका थिए । शनिबार सम्पन्न परिसंघको २० औँ वार्षिक साधारणसभाले अग्रवाललाइ अध्यक्षमा चयन गरेको हो । परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई शपथग्रहण गराए । साथै पदभारसमेत हस्तान्तरण गरे ।

अध्यक्ष अग्रवाल आरएमसी ग्रुपका कार्यकारी निर्देशकसमेत हुन् । उनी संलग्न व्यवसायिक ग्रुपकाे सिमेन्ट, स्टिल, खाद्यलगायतका उद्योग तथा व्यवसाय रहेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष अग्रवालले छिटो–छिटो परिवर्तन हुने नीति–नियम, व्यवसायीले खेपिरहनुपरेकाे चर्को ब्याजदर, समग्र मागमा आएको कमी, उत्पादनमा कमी, घट्दो मनोबल तथा नयाँ लगानीका योजनाहरू स्थगनलगायतका निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि प्रभावकारी रूपमा प्रस्तुत हुने  उल्लेख गरेका छन् ।

साधारणसभाले सातजना उपाध्यक्ष चयन गरेको छ । निर्वाचित राष्ट्रिय परिषद् सदस्यहरूमध्येबाट सर्वसम्मत सातजनालाई उपाध्यक्षमा चयन गरेको हो । परिसंघको उपाध्यक्षमा निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन भएका हुन् । अमित मोर र भीम घिमिरे पहिलोपटक परिसंघको उपाध्यक्ष बनेका हुन् ।

साधारणसभाले परिसंघको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, विदुषी राणा, अजितविक्रम शाह, हेमराज ढकाल, आशिष अग्रवाल जजोडिया, मनीष खेम्का, द्विराज शर्मा (सिवाकोटी), ध्रुबप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा, वीरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् ।

यसैगरी लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दीप शारदा, मोहित केडिया, अमित मोर, अमितकुमार बेगानी, चन्द्र टन्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुणकुमार तोदी, राहुलकुमार अग्रवाल, शरदकुमार टिवडेवाला, विक्रम सिंघानिया, मिलनबाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपालकुमार अग्रवाल, आदित्य संघाई पनि राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित भएका छन् ।  परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दीप सारडा, गोकुल भण्डारी र छाया शर्मा मनोनीत भएका छन् । नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरूलाई शपथग्रहण गराए ।


Read Previous

अब पृथ्वी राजमार्गको विकल्पमा ‘बुद्धसिं’ मार्ग

Read Next

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सम्पन्न, डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता वृद्धिमा जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *