Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

२ वर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युत पहुँच पुर्याइने


काठमाडाैं । सरकारले अबकाे २ वर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने भएको छ । आगामी आर्थिक वर्षको बजेट साेमबार संसदमा सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाश शरण महतले आगामी २ वर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने घाेषणा गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरणकाे तथ्यांकअनुसार अहिले करिब ९६ प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेकाे छ । विद्युत पहुँच नपुगेका दुर्गम ग्रामीण भेगमा  लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरी विद्युत पहुँच पुर्याइने उनले बताए ।


Read Previous

आगामी आर्थिक वर्षमा ९ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

Read Next

बजेट २०८०/०८१ : हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

Leave a Reply

Your email address will not be published.