Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

आगामी आर्थिक वर्षमा ९ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने


काठमाडौं । आगामी आर्थिक वर्ष (२०८०/८१) मा ९ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । अर्थ प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अहिले निर्माणाधीन जलविद्युत आयोजनाको यति विद्युत नयाँ आर्थिक वर्षमा प्रसारण प्रणालीमा जोडिने बताए ।

उनले १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्ये भोटेकोसी, ४२.५ मेगावाटको सान्जेलसहित निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजना सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने बताए । उनले विद्युत आगामी आर्थिक वर्षमा विद्युत जडित क्षमता बढेर ३ हजार ६ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको बताए ।

विद्युत उत्पादन बढ्दै गएरहेकाले आगामी आर्थिक वर्षमा प्रतिव्यक्ति विद्युत खपत ४५० किलोवाट घन्टा पुर्याउने लक्ष्य रहेको बताए ।

अर्थमन्त्री महतले रणनीतिक महत्त्वकाे पश्चिम सेती जलाशय जलविद्युत परियोजना, सेती रिभर–६, तल्लो अरुण लगायतका जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता गरी निर्माण कार्य अघि बढाइने बताए ।

सुख्खा यामको विद्युत माग सम्बोधन गर्न र जलविद्युत निर्यात गर्न १ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी र ६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी तय गरी निर्माण कार्य अघि बढाइने उनले बताए ।

संघ, प्रदेश र स्थानीय तहको सह लगानीमा १०६१ मेगावाट क्षमताको माथिल्लो अरुण, २१० मेगावाट क्षमताको चैनपुर सेती, १०६ मेगावाट क्षमताको जगदुल्ला, ९९.९ मेगावाट क्षमताको तामाकोशी पाँचौ, ७०.३ मेगावाट क्षमताको सिम्बुआ खोला तथा ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनाहरूको निर्माण शुरू गरिने उनले बताए ।

गत वर्ष सरकारले उर्जा क्षेत्रको विकासका लागि ७५ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको थियो । यस बर्ष ८७ अर्ब ४५ करोड रुपैयाँ छुट्याएको छ । यो वर्ष १२ अर्ब ३५ करोड रुपैयाँ ऊर्जा क्षेत्रको विकासका लागि बजेट वृद्धि गरिएको हो ।


Read Previous

आधुनिक जीवनको आधारः सूचना प्रविधि र सञ्चार

Read Next

२ वर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युत पहुँच पुर्याइने

Leave a Reply

Your email address will not be published.