Nepal Purbadhar

सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमका ग्राहकलाई डाटा र भ्वाइस प्याकमा अफरै अफर


काठमाडाैं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ । दिवसका अवसरमा कम्पनीले आइतबारदेखि भ्वाइस र डाडा प्याकेजमा विभिन्न अफर दिएकाे हाे ।

यो अफर यही आजबाट सुरु भइ बैशाख १९ गतेसम्म लागू हुने टेलिकमले जारी गरेकाे विज्ञप्तिमार्फत उल्लेख छ । अपर अन्तर्गत टेलिकमका ग्राहकले ४९ रुपैयाँमा एक दिन चलाउन सकिने १ एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १ सय मिनेट अन नेट भ्वाइस सेवा प्राप्त गर्ने छन् ।

यसैगरी, ९८ रुपैयाँमा ३ दिन चलाउन मिल्ने ६ जिबी डाटा प्याकेज प्राप्त गर्न सकिनेछ । १ सय ९९ रुपैयाँ तिर्दा ७ दिन चलाउन सकिने १३ जिबी डाटा लिन सकिनेछ भने २ सय ९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जिबी डाटा प्राप्त हुने टेलिकमले जनाएकाे छ ।

३ सय ९९ मा तिर्दा १५ दिन चलाउन सकिने ३० जिबी डाटा प्याकेज पनि अफरमा उपलब्ध छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ वैशाख १९ गते मनाइँदैछ ।

Facebook Comments

Read Previous

ताँजकाेट गाउँपालिकामा पूर्ण विद्युतीकरण, १२ सय घरधुरीमा पुग्याे विद्युत पहुँच

Read Next

माथिल्लो मैलुङ ‘बी’लाई उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar