Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

सडक दुर्घटनाको रोकथाम कार्यका लागि सहायक ‘सुरक्षित प्रणालीगत’ प्रयास


काठमाडौं । नेपालमा बढ्दो सडक दुर्घटनाको समस्या समाधानका लागि नेपाल इन्जरी अनुसन्धान केन्द्र अन्तर्गत अनुसन्धान कार्यक्रमको बिहीबार काठमाडौंमा एक समारोहका बीच औपचारिक शुभारम्भ भएको छ ।

अध्ययनले निम्न परिणाम प्राप्त गर्ने अपेक्षा गरिएको छ । पहिलो, नीतिहरू र अभ्यासहरू बीचको ‘अन्तर’ पहिचान, र स्थानीय तह र प्रादेशिक सरकारको लागि तयार पारिएको सडक सुरक्षा ‘टुलकिट’, दोस्रो, सुरक्षित बस यात्राको लागि अनुकूल नीतिगत सिफारिसहरू, तेस्रो, सडक दुर्घटनाका कारणबाट घाइतेको परिवारहरूमा पर्ने आर्थिक भारको अनुमान, र चौथो, एम्बुलेन्सका कर्मचारीबाट सडक दुर्घटनाका घाइतेलाई अस्पतालको सेवाका लागी हस्तान्तरण तथा हेरचाहको मानक मार्गचित्र रहेका छन् ।

युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड ब्रिस्टलका प्रोफेसर एवम् यस नयाँ अनुसन्धानका निर्देशक प्रा. जुली मिटनले डक सुरक्षाको लागि ’सुरक्षित प्रणालीगत’ प्रयासले सम्बद्ध सबै संस्थाहरूलाई सडक प्रयोगकर्ताहरूलाई सुरक्षित गर्दै सडकमा मानिसहरूको त्रुटीले गर्दा हुनसक्ने चोटपटक र मृत्युको जोखिमलाई कम गर्ने वातावरण सिर्जना गर्न सँगसँगै काम गर्न प्रोत्साहित गर्ने बताइन् । ‘सुरक्षित प्रणालीगत’ प्रयासले नेपालजस्तो देशमा सडक सुरक्षामा वास्तविक सुधार गर्ने क्षमता राख्ने उनको भनाइ छ ।

यसैगरी काठमाडौं मेडिकल कलेजका प्राध्यापक सुनिलकुमार जोशीले यो अनुसन्धान तीनवटा कार्य प्याकेजमार्फत अनुसन्धान गरिने बताए । ‘एउटाले स्थानीय र प्रादेशिक सरकारको तहमा सडक सुरक्षाको लागि नेतृत्व र कार्यलाई समर्थन गर्नेछ, अर्कोले सार्वजनिक यातायातको सुरक्षामा सुधार गर्ने लक्ष्य राखेको छ भने तेस्रोले सडक दुर्घटनाका घाइतेहरूलाई उनीहरुको स्वास्थ्य, जीवनको गुणस्तर र आम्दानीमा पर्नसक्ने प्रभावलाई कम गर्न अस्पताल पूर्व र अस्पतालको आपतकालीन विभागमा कसरी उत्कृष्ट स्वास्थ्य स्याहार प्रदान गर्ने भन्ने बारे अन्वेषण गर्नेछ’ उनले भने ।
नेपालले सामना गरिरहेको सडक सुरक्षा चुनौतीको वर्णन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यस नयाँ कार्यक्रमको विकास गर्न गरिएका अनुसन्धानको प्रशंसा गरे । उनले सडक सुरक्षा अनुसन्धानको महत्वलाई पुष्टि गर्दै यस किसिमका अनुसन्धानका नतिजा सरकारलाई नेपाल सरकारलाई पनि जानकारी गराउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रतिनिधि सभा सदस्य एवम् नेशनल अलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटिका संयोजक योगेश भट्टराईले सडक सुरक्षा र सुक्षित आवागमन साझा एजेण्डा भएकोले यसको प्रवर्द्धनका लागी पक्षपोषण र सहकार्यका साथै अनुसन्धानात्मक कृयाकलापहरु अत्यावश्यक भएको उल्लेख गरे । संयुक्त राष्ट्र संघले अघि सारेको सडक सुरक्षाका लागी दशकको विश्वव्यापी कार्ययोजना सफल कार्यान्वयनका लागी उपस्थित सबैको प्रतिवद्धताका लागी आह्वान गरे ।

‘नेपालमा सडक दुर्घटनाको रोकथाम कार्यका लागि सहायक ‘सुरक्षित प्रणालीगत’ प्रयास (सेफट्रिप नेपाल)’ परियोजनालाई बेलायतको नेशनल इन्ष्टिच्यूट फर हेल्थ एण्ड केयर रिसर्चबाट अनुदान प्राप्त भएको छ । उक्त परियोजना बेलायतको युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड ब्रिस्टल र नेपालको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड रहेका छन् । यसबाहेक दुई गैरसरकारी संस्थाहरू मातृशिशु अनुसन्धान कृयाकलाप (मीरा) र सुरक्षित र दिगो यात्रा नेपाल (एस.एस.टी.एन.) सँगको साझेदारीमा संचालित सहकार्य हो । यो नोभेम्बर २०२२ देखि अक्टोबर २०२६ सम्म सञ्चालन हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यमा संचालित उद्घाटन समारोहका अतिथिहरुमा प्रतिनिधि सभा सदस्य एवम् नेशनल अलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटिका संयोजक योगेश भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरर्गतको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. यदुचन्द्र गौतमको उपस्थिति थियो । उक्त समारोहमा कार्यक्रममा यस अनुसन्धानको कार्यान्वयनको योजना रहेका ८ मध्ये कालिका र रत्ननगर नगरपालिकाका मेयरहरु अतिथिको रुपमा उपस्थित थिए ।


Read Previous

लगानी बोर्ड र डाबर नेपालबीच ९ अर्ब ६८ करोड पुर्नलगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

Read Next

हुम्लाको उत्तरी नाम्खामा ४ पक्की पुल निर्माणमा ढिलासुस्ती   

Leave a Reply

Your email address will not be published.