Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

प्रधानमन्त्रीसँग जलविद्युत सुरक्षाको लागि छुट्टै नीति बनाउन माग,न्यासिम खोला आक्रमणको छानविन गर्न समिति गठन गरिने


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को नेतृत्वको प्रतिनिधीमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर जलविद्युत् आयोजनामा आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

इप्पान उपाध्यक्ष गणेश कार्कीका अनुसार पछिल्लो समयमा बारम्बार जलविद्युत आयोजनामा आक्रमण हुन थालेको र लगानीको वातावरण विग्रिदै गएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । ‘यस्तै, आयोजनाको सुरक्षाको लागि छुट्टै नीति ल्याउन माग गरेका छौं’ उनले भने ।

यही फागुन १५ गतेका दिन सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ स्थित सीता हाइड्रोपावरले निर्माण गरिरहेको ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनाको निर्माणस्थलमा आक्रमण र तोडफोड भएको थियो ।

इप्पानले आयोजनामा आपराधिक समूहले गरेको आगजनी, तोडफोड तथा कर्मचारीमाथिको सांघातिक आक्रमणमा संलग्नलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ । त्यस्तै, सो आक्रमणको निष्पक्ष छानबिनका लागि कार्यदल निर्माण गर्न लिखित माग गरेको छ ।

भेटकै क्रममा प्रधानमन्त्रीले मुख्य सचिव शंकरदास बैरागीलाई आवश्यक छानविनको लागि प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । त्यसलगत्तै मुख्य सचिव बैरागीले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन समिति गठन गर्ने जानकारी दिएको उनले बताए ।

विभिन्न बहानामा आयोजना प्रबद्र्धकलाई मानसिक र भौतिक भय र त्रास उत्पन्न गराएर अनुचित लाभ प्राप्त गर्न आयोजना स्थलमा यस्ता आपराधिक गतिविधी श्रृङ्खलाबद्ध हुन थालेको इप्पानको भनाइ छ । यही क्रममा इप्पानले प्रधानमन्त्रीलाई बिहीबार भेटेर यसबारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।

प्रधानमन्त्रीसमक्ष ईप्पानका प्रतिनिधीहरुले निजी क्षेत्रले ऊर्जामा गरेको लगानीकै कारण आज मुलुक विद्युत निर्यात गर्ने अवस्थामा पुगेको र ठूलो संख्यामा रोजगारी सिर्जना भएको उल्लेख गरे । विश्वव्यापी आर्थिक संकट आएको अहिलेको अवस्थामा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन विद्युत ऊर्जाको योगदान उच्च रहेकोमा जोड दिए ।

यसरी अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विद्युत ऊर्जाको क्षेत्रलाई यस्ता आपराधिक, उदण्ड र अराजक गतिविधिले निरुत्साहित गर्नुको साथै मुलुकमा लगानीको वातावरण छैन भन्ने देश, विदेशमा सन्देश प्रवाह हुने कुरातर्फ इप्पानले सरकारलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराएको छ ।

आयोजनास्थलमा हुने यस्ता आपराधिक क्रियाकलाप हुन नदिन सरकारले आयोजनास्थलमा सुरक्षाको उचित प्रबन्ध गर्न र त्यस्ता क्रियाकलापमा संलग्न आपराधिक जमातलाई कडाभन्दा कडा कानुनी कारबाहीको दायराभित्र ल्याउनुपर्नेमा जोड दिए । उनीहरुबाटै पीडक पक्षलाई उचित क्षतिपूर्ती भराउने व्यवस्था गर्न पनि इप्पानले सरकारसँग जोडदार माग गरेको छ ।

भेटमा प्रधानमन्त्रीले जलविद्युत आयोजनामाथि भएको त्यस प्रकारको आक्रमणबाट आफू दुखी भएको बताउँदै आक्रमणमा संलग्न जो कोही भए पनि कानुनी कारबाहीको लागि सरकारले तत्काल कदम चाल्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्रीको कार्यालयमा लिखित माग लिएर इप्पानका तर्फबाट उपाध्यक्ष गणेश कार्कीको नेत्तृत्वमा पूर्व अध्यक्ष शैलेन्द्र गुरागाई, सचिव राम आचार्य र सीता हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष सिताराम तिमल्सिना गएका थिए ।


Read Previous

एलडिसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री शुक्रबार कतार जाँदै

Read Next

सञ्चार मन्त्रीलाई इञ्जिनियर्स एशोसिएशनको ६ बुँदे ध्यानकर्षण पत्र

Leave a Reply

Your email address will not be published.