Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

एलडिसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री शुक्रबार कतार जाँदै


काठमाडाैं । अति कम विकसित मुलुकहरु (एलडिसी) को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतारको दोहा प्रस्थान जाने भएका छन् ।

यही फागुन २१ देखि २५ गतेसम्म आयोजित सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।नेपालले यसवर्ष अति कम विकसित देशहरु (एलडिसी)को अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ । यसअघि मालवीले अध्यक्षता ग्रहण गरेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद जीतेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारस्थित नेपाली राजदूतलगायत छन्

उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणका क्रममा एलडिसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिनेछन्। त्यस्तै विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको परारष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै, दोहामा रहेका नेपालीसँग मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठ यही फागुन २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।


Read Previous

कृषि उत्पादन बाहिर पठाउन सडक निर्माण

Read Next

प्रधानमन्त्रीसँग जलविद्युत सुरक्षाको लागि छुट्टै नीति बनाउन माग,न्यासिम खोला आक्रमणको छानविन गर्न समिति गठन गरिने

Leave a Reply

Your email address will not be published.