काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर शनिवार राती ९ बजे स्वदेश फर्कनु भएको छ ।
सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरे ।
जी २० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिवार भएको थियो । सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडल फागुन ११ गते भारत जानु भएको थियो । नेपाल जी २० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।
Tags: #जी २० #अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा #अर्थमन्त्री पौडेल भारत #प्रस्थान