Nepal Purbadhar

काठमाडौंका मुख्य ठाउँमा सेन्सर प्रविधिका सार्वजनिक धारा राखिने


काठमाडौं। सिंहदरबारसहित काठमाडौंका मुख्य स्थानहरूमा सेन्सर प्रविधिको सार्वजनिक धारा राखिने भएको छ। खानेपानी मन्त्रालयले बिहीबार गरेको गुनासो सुनुवाइ इकाईको उद्घाटनका अवसरमा यसबारे जानकारी दिइएको हो।

मन्त्रालयका सचिव मणिराम गेलालका अनुसार एक साताभित्र सिंहदरबार आउने सेवाग्राहीलाई लक्षित गरी यस प्रकारको सार्वजनिक धारा राख्न लागिएको हो ।

मेलम्चीको पानीको सदुपयोग गर्दै सुरूमा सिंहदरबारमा आउने सेवाग्राहीका लागि सेन्सर प्रविधिको धारा राखिने र पछि एयरपोर्ट, काठमाडौंका मुख्य ठाउँहरू, बसपार्कमा यस्तो धारा राखिने मन्त्रालयले जनाएको छ ।

Facebook Comments

Read Previous

हिउँदे बिदा सकिएपछि मनाङमा खुल्न थाले विद्यालय

Read Next

पानीको मूल जोगाउन ‘एक वन, एक पोखरी’ अभियान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar