Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

न्यू मोदी-लेखनाथ प्रसारण लाइन सञ्चालन,२ सय मेगावाट विद्युत प्रवाह हुने पूर्वाधार तयार


काठमाण्डौं । १३२ केभी न्यू मोदी-लेखनाथ प्रसारण लाइन सञ्चालनमा आएको छ । पर्वतकाे माेदीदेखि कास्कीकाे लेखनाथसम्म पर्ने ४३ किलाेमिटर डबल सर्किट प्रसारण लाइन मंगलबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको हाे ।

प्रसारणा लाइन अन्तर्गत पर्वतको मोदी गाउँपालिका-२ देउपुरस्थित स्वीचिङ स्टेसनबाट लाहाचोकसम्मको १३२ केभी प्रसारण लाइन र लाहाचोक सबस्टेसन गत वर्षको पुसमै निर्माण सम्पन्न भइ सञ्चालनमा आइसकेकाे छ । मंगलबारदेखि प्रसारण लाइनकाे लाहाचोक–लेखनाथ खण्ड सञ्चालनमा ल्याइएकाे नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

उनका अनुसार प्रसारण लाइनकाे याे खण्ड सञ्चालनमा आएसँगै न्यू माेदी–लेखनाथ प्रसारण लाइन पूर्णरूपमा निर्माण पूरा भइ सञ्चालनमा आएकाे छ । न्यू मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्तर्गत ४३ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन तथा मोदी गाउँपालिका–२ देउपुरमा १३२ केभी स्वीचिङ स्टेसन निर्माण गरिएकाे छ ।

आयोजना अन्तर्गत नै कास्कीकाे माछापुच्छ्रे  गाउँपालिका–४ मा १३२ केभी लाहाचोक सबस्टेसन तथा लेखनाथ सबस्टेसनको स्वीचयार्डमा १३२ केभी लाइन बे निर्माण गरिएको छ । प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा  आएसँगै पर्वत, कास्कीलगायतका जिल्लाको विद्युत आपूर्ति सुधार गर्न सहज भएकाे पनि घिसिङले बताए । साथै, मोदी, सेती,मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत पनि यही प्रसारण लाइन मार्फत  राष्ट्रिय प्रणालीमा प्रवाहका गरिनेछ ।

याे प्रसारण लाइन स्थानीयबासीले गरेकाे अवराेधका कारण लक्ष्यभन्दा ढिला गरी सञ्चालनमा आएकाे हाे । ‘कोभिड–१९ महामारीले त निर्माण प्रभावित गर्याे नै । प्रसारण लाइनकाे लाहाचोक–लेखनाथ खण्डअन्तर्गत कास्कीकाे माच्छापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिका विभिन्न स्थानमा स्थानीयले रुट परि परिवर्तनको माग गर्दै अवरोध गर्दा निर्माण समेत लामाे समय काम राेकिने अवस्था आएकाे थियाे’,उनले भने,‘आयोजना व्यवस्थापनको निरन्तरको प्रयास, स्थानीय तह, प्रशासनलगायत सबैको साथ र सहयोगमा समस्या समाधान गर्दै प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल भएका छाैं ।’

उनले याे प्रसारण लाइनमार्फत त्यस क्षेत्रमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित करिब २ सय मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने पूर्वाधार तयार भएको बताए  । यस क्षेत्रमा निर्माण भएका जलविद्युत आयाेजनाकाे विद्युत नयाँ मोदी र लाहाचोक सबस्टेसनमा जोडी राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ ।

अहिले लाहाचोक सबस्टेसनबाट कास्कीको माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा  विद्युत आपूर्ति दिइएको छ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र भरपर्दो भएको छ । पोखराबाट त्यस क्षेत्रमा विद्युत आपूर्ति लगिएको लाइन लामो भएकाे हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो ।

लाहाचोक सबस्टेशनबाट आपूर्ति दिन सुरु गरेपछि त्यस क्षेत्रको विद्युत सेवाकाे गुणस्तरमा सुधार भई उपभोक्ताले भरपर्दो तथा गुणस्तरीय विद्युत पाउनुका साथै प्राविधिक चुहावट समेत घटेको आयोजना प्रमुख रोशन अग्रवालले बताए । न्यू माेदी-लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत १४० वटा टावर निर्माण गरिएको छ ।

लाहाचोक सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, ८ एमभिएका पावर ट्रान्सफर्मरहरू जडान गरिएकाे छ । सबस्टेसनमा स्थानीय रूपमा विद्युत आपूर्तिका लागि ३३ केभीकाे एउटा लाइन बे र चारवटा ११  केभीका फिडरहरू निर्माण गरिएको छ ।

कूल अनुमानित २ अर्ब २४ करोड रुपैयाँ लागत रहेको आयोजनामा नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र आयात–निर्यात (एक्जिम) बैक, भारतको सहुलियतपूर्ण ऋण सहयाेग छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि ७ असार २०७५ मा क्रमशः कलपत्रु पावर ट्रान्समिसन लिमिटेड, भारत र हिताची इनर्जी लिमिटेड (एबिबी), भारतसँग ठेक्का सम्झौता भएको थियो ।


Read Previous

मीरगञ्ज पुल सञ्चालन, व्यवसायीलाई राहत

Read Next

नेपालगन्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली लागू

Leave a Reply

Your email address will not be published.