Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

खप्तड एकिकृत पर्यटन परियोजनाको पूर्व सम्भाव्यता अध्ययन र गुरुयोजनाका लागि प्रस्ताव आव्हान


काठमाडौं । लगानी बोर्ड नेपालले खप्तड एकिकृत पर्यटन परियोजनाको पूर्व सम्भाव्यता अध्ययन तथा गुरुयोजना तयार गर्नको लागि प्रस्ताव आव्हान गरेको छ । बोर्डले गत बुधबार (२५ माघ) मा एक सूचना जारी गर्दै प्रस्ताव माग गरेको हो ।

बोर्डले परियोजनाको पूर्व सम्भाव्यता अध्ययन र गुरुयोजना तयार गर्नको लागि देशभित्रैका परामर्शदातासँग आब्हान गरेको हो । यस कामको लागि इच्छुक फर्मले परियाजनाबारे थप जानकारी र आवश्यक डकुमेण्ट बोर्ड कार्यालयबाट निशुल्क उपलब्ध गराइने सूचनामा उल्लेख छ ।

एकल वा जभी (ज्वाइण्ट भेञ्चर) गरेर आवेदन दिन सकिनेछ । आवेदकले फागुन ११ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ । तोकिएको समयभित्र परेका आवेदनको मूल्यांकन फर्म योग्यताको ४०, अनुभव ५० र क्षमता १० प्रतिशतले हुनेछ ।

परियोजनाको पूर्व सम्भाव्यता अध्ययनले परियोजना रहने ठाउँको पृष्ठभूमिबारे जानकारी हुनेछ । त्यस्तै, परियाजनाका विभिन्न पक्ष, लगानी, वातावरणीय र सामाजिक तथा कानून पक्षको विष्लेषण हुनेछ । यसबाहेक त्यस ठाउँमा परियोजना अघि बढाउदाका जोखिम, आयोजना कार्यान्वयनको ढाँचाबारे जानकारी हुनेछ ।

त्यस्तै, गुरुयोजना निर्माणबाट अवधारणागत योजना तयार गरिनेछ । सम्भावित सबै योजनाका पक्षलाई समेटिनेछ । यसबाहेक त्यस क्षेत्रमा दीगो पर्यटन विकास गर्नको लागि आवश्यक पर्यटन पूर्वाधारबारे खोजिनेछ ।

लगानी बोर्डले विशेषगरी खप्तड क्षेत्रमा पर्यटनको सम्भावना र प्रकृतिमा आधारित पर्यटन गन्तव्य विकास गर्नमा सहयोग पुग्ने जानकारी दिएको छ । यस आयोजनालाई भविष्यमा सार्वजनिक निजी साझेदारी ढाँचामा अघि बढाउने योजना छ ।

काठमाडौंमा २०७५ चैतमा आयोजना अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा खप्तड एकिकृत पर्यटन परियोजना पनि सोकेमा राखिएको थियो । तर, लामो समयसम्म यो परियोजनामा प्रगति भएको थिएन ।

त्यस बेला खप्तड राष्ट्रिय निकुञ्जमा एकीकृत पयर्टन र यातायात पूर्वाधार निर्माणका लागि १८ करोड ७० लाख अमेरिकी डलर बराबर लागत अनुमान गरिएको थियो ।


Read Previous

हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा

Read Next

प्रसारण प्रणालीमा जाेडियाे ८६ मेगावाटकाे साेल दूधकाेसी,२ सातापछि व्यापारिक उत्पादन

Leave a Reply

Your email address will not be published.