Nepal Purbadhar

काम नगर्ने निर्माण कम्पनीलाई जरिवाना तिराएर कारबाही


भजनी । कैलालीकाे टिकापुर नगरपालिकाले पटक-पटक म्याद थप गर्दा पनि काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न सुरु गरेकाे छ । नगरपालिकाले ठेक्का सम्झाैता गरेर काम नगरी बस्ने निर्माण कम्पनीलाई जरिवाना तिराएर कारबाही गर्न सुरु गरेकाे हाे ।

गत आर्थिक वर्षमा पूर्वाधार आयोजनाको ठेक्का सम्झौता गरेर चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म पनि काम सम्पन्न गर्न नसकेका निर्माण कम्पनीलाई जरिवाना लाग्ने गरी कारबाही प्रक्रिया अगाडि बढाएको नगरपालिकाले जनाएकाे छ।

कार्यपालिकाले आयोजनाको म्याद थप नहुने निर्णय गरेपछि अहिले निर्माण कम्पनीहरू नियमानुसारको जरिवाना तिरेर काम गर्न बाध्य भएका छन् । नगरपालिकाका अनुसार अहिले कारबाहीमा परेका ९ वटा आयोजनाकाे काम ६ निर्माण कम्पनीले जरिवाना तिरेर गरिरहेका छन् ।

नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजन खडकबहादुर शाहले वर्षौदेखि काम लिने तर समयमा काम गर्न नसकेका नगरपालिकाबाट सञ्चालन भएका आयोजनाहरूको म्याद थप नभएको बताए । उनले गत पुस १ गते म्याद सकिएका आयोजनाका ठेकेदार कम्पनी कारबाहीमा परेकाे शाहले जानकारी दिए ।

“जुन निर्णय भएको छ त्यहीँअनुसारको कारबाही काम सम्पन्न गर्न नसकेका निर्माण कम्पनीले भोग्नुपर्ने छ ,”उनले भने,“हामीले पहिलेदेखि नै भन्दै पनि आएका थियौं, म्याद थप हुँदैन भनेर भन्दाभन्दै पनि काम सम्पन्न नभएका निर्माण कम्पनीले जरिवाना तिर्छन् ।”

नगरपालिकाले समयमा काम गर्न नसकेका राजन निर्माण सेवा टीकापुर, सन्तोष विल्डर्स अछाम, रसुन निर्माण सेवा, भट्टराई कन्स्ट्रक्सन प्रालि, युकि विल्डर्स टीकापुर, सन्तोष विल्डर्स टीकापुरलाई जरिवाना तिराएर कारबाही गरेकाे छ । कारबाहीमा परेका निर्माण कम्पनीले आयोजनाको सम्झौता लागतको ०.०५ प्रतिशत जरिवाना दैनिक तिरिरहेकाे नगरपालिकाले जनाएकाे छ ।

निर्माण कम्पनीलाई ठेक्का सम्झाैता भएकाे रकमकाे १० प्रतिशतसम्म जरिवाना गराउँदा सम्झाैता नै ताेड्नु पर्ने प्रावधान रहेकाेमा अहिले दैनिक ०.०५ प्रतिशत रकम तिराएर काम चाँडाे सम्पन्न गर्न दवाव दिइरहेकाे नगरपालिकाका इन्जिनियर नवराज जोशीले बताए ।

Facebook Comments

Read Previous

विश्वमै ख्याती कमाएको एक्कोर समूहले नेपालमा ‘मर्क्याेर काठमाडौं’ होटल निर्माण गर्ने

Read Next

ठमेल क्षेत्रबाट विद्युती पोलमा गुजुल्टिएको ४८ ट्रक तार तथा उपकरण निकालियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar